१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


फेरिँदै छ राजधानीको स्वरूप (तस्विरहरु)



काठमाडौँ

२७ असोज । काठमाडौँ सहर भन्ने बित्तिकै धुलो, धुवाँ, हिलो मनमा आइहाल्छ । काठमाडौँ उपत्यकाका सडकको अवस्था नै यस्तै छ । जता हेर्यो, त्यतै धुवाँ र धुलो अनि खाल्डाखुल्डी । ट्राफिक जाम, पैदल यात्रुमैत्री फुटपाथ नहुनु लगायतका अन्य दुःखका कुरा मनमा खेल्ने गर्दछन् ।

न बिहान स्वच्छ हावा खाँदै मर्निङ वाक गर्ने स्थान छ त न कतै साँझ बिहान टहल्लिने र बालबालिकासँग रमाउने खुला स्थान । सहरका यस्ता अव्यवस्थित स्थानले बिहान कार्यालय हिँडेको कर्मचारी कार्यालय पुग्नासाथ थकित हुन्छ, अर्थात जाँगर मर्छ ।

तर पछिल्लो समय काठमाडौँ उपत्यकाको स्वरूप फेरिँदै छ । नदी नालाको सरसफाइ, सडक पेटी व्यवस्थित बनाउने, पार्कहरू निर्माण गर्ने कामले पूर्णता पाउन नसके पनि बन्दै गरेको अवस्थाले आकर्षक देखिन थालेको छ, काठमाडौँ ।

 

सडक बत्ती राख्ने क्रम बढेको छ ।
सडकमा गमला राखेर सिंगार्न थालिएको छ ।
बहुतले भवन निर्माण तीब्र रुपमा बढिरहेको छ ।
भुकम्पले भत्काएको सम्पदा पर्ननिर्माण लगभग सकिएको छ ।
राजधानीको बस्ती घना बन्दै गएको छ ।

फ्याइओभर र अण्डरपास निर्माणको क्रम सुरु भएको छ ।

सडकको आइल्याण्डमा हरियाली छ । यहाँ फूल फुलेको छ ।
कोरिडोर सडक विस्तारपछि बैकल्पिक यात्रा व्यवस्थित हुँदै गएको छ ।

द्रुत बस सेवा सुरु भएको छ ।

चोक चोकमा राष्टिय झण्डा राखिएको छ ।
उपत्यकामा खेती योग्य जमिन मासिदै गएको छ ।

 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : ०८ बजे