१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


युवामाझ प्रेमिल बन्दै भ्यालेन्टाइन (तस्विरहरु)



काठमाडौँ

२८ माघ । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण मानिन्छ ।
विशेष गरी यो दिवस १४ फेब्रुअरीका दिन विशेष रूपमा मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन । समग्रमा भन्दा प्रणय एउटा बाँच्ने आधारशिला नै हो । जीवनमा आफूलाई प्रेम गर्नेहरू र आफूले प्रेम गरिनेहरू भएन भने जिउनुमा कुनै सार्थकता हुँदैन थियो होला ? प्रेम दुई विपरीत लिङ्गीबीच मात्रै होइन, प्रेम त परिवारसँग हुन्छ, साथीहरूसँग हुन्छ, आफ्ना प्रियजनहरूसँग पनि हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने ऊर्जा दिन्छ ।
प्रणय दिवसका रूपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षाै आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन् । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण हुने गर्छ । यतिबेला काठमाडौँ उपत्यकामा भ्यालेन्टाइन डेको विशेष माहौल छ । काठमाडौँ उपत्यकामा भ्यालेन्टाइन डे स्पेशल रूपमा मनाइँदै छ । काठमाडौँ मात्रै होइन, भ्यालेन्टाइन डे देशभर नै प्रेमिल रूपमा मनाइँदै छ ।


७ फेब्रुअरीबाट सुरु भएको भ्यालेन्टाइन डे आज प्रमिस डे हो । आज प्रेमीहरू एकअर्काबीचमा वाचा वन्धनहरु खाने गर्दछन् । भ्यालेन्टाइन डे इटालीको रोमवाट सुरु भएको मानिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन डेको इतिहास सम्झँदा रोमका एक सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरेका थिए ।


एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लङ्घन गरेको कुरा सम्राट्लाई सह्य भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिएको दिन १४ फेब्रुअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो । नेपालसहित अहिले विश्वभर नै भ्यालेन्टाइन विक सुरु भएको छ । प्रेमिल जोडीहरुले काठमाडौँ धपक्क बलेको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटोपत्रकारले कैद गरेका भ्यालेन्टाइनमय काठमाडौँका यी दृश्यहरू ।

     

 

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १० : ५८ बजे