१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


सफा छन् काठमाडौंका पानीका मुहान (तस्विरहरु)



३० भदौं । काठमाडौंमा पानीको अभाव कस्तो छ भन्नेकुरा काठमाडौंवासी हरेक नागरिकलाई थाहा छँदैछ । यसको व्याख्या गरिरहनु आवश्यक पर्दैन । पानी किन्न समेत भनेको बेलामा पाइँदैन । अझ पानी ट्याङ्कर छिर्न नसक्ने गल्लीमा रहेका घरहरुमा पानीको कस्तो समस्या होला  ? यो हामीले कल्पना गर्दा नै पुग्छ । अभावका साथसाथै सफा पानी पाउनका लागि काठमाडौंबाट उपत्यकाका बस्ती छोडेर काँठ क्षेत्रमा प्रवेश गर्नुपर्छ ।

काठमाडौं टोखाको झरना ।

काँठ क्षेत्रमा पानीका मुहानहरु शहरी बस्तीमा पाइने पानी भन्दा सफा र स्वच्छ छन् । तर त्यहाँ पनि घुम्न जाने पर्यटकहरुले आफूले गरेको फोहोर सफा नगरिदिँदा बिस्तारै प्रदुषण बढीरहेको छ । त्यसैले पनि हामी सचेत नागरिक बनेर पानीका मुहान र पर्यटकीय गन्तव्यहरुमा गएको बेलामा फोहोर जथाभावी फाल्नु हुँदैन ।

ललितपुरको बाँडेगाँउको झरना ।

यसको समस्या र असर स्वयं हामीलाई नै पर्ने हो । काठमाडौंको शहरी बस्तीबाट केही टाढा रहेको सुन्दरीजलस्थित वागमती नदीको मुहान, भक्तपुरको मुहान पोखरी, ललितपुरको कर्मनासा झरनाको मुहान, काठमाडौं बैडेश्वर झरनाको मुहान, ललितपुरको बाँडेगाँउको झरनाको मुहान काठमाडौं टोखास्थित झरनाको मुहान, भक्तपुरको खरिपाटीमा रहेको झरनाको मुहान साँच्चिकै सफा र स्वच्छ छन् ।

गोदावरी बोटानिकल गार्डेनको झरना ।

काठमाडौंमा यति स्वच्छ र सफा पानीका मुहान सायदै अन्त पाइएला । त्यसैले पनि हामीले यस्ता स्वच्छ पानीका मुहानमा फोहोर नगरी सफा र स्वच्छ राख्नुपर्छ । किनभने प्रकृतिको संरक्षण गरेमात्रै प्रकृतिले हामीलाई सुरक्षित राख्छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका काठमाडौंका सफा र स्वच्छ पानीका मुहानका तस्बिरहरु :

काठमाडौं टोखाको झरना ।
भक्तपुरको खरिपाटी नजिकै रहेको नगरकोट बनमा रहेको झरना ।
काठमाडौं टोखाको झरना ।
काठमाडौं बैडेश्वर झरना ।
ललितपुरको कर्मनासा झरना ।
भक्तपुरको मुहान पोखरीको झरना ।

 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ६ : ५३ बजे