६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सर्कुलरपछि ललितपुरमा जनयुद्ध दिवश मनाउने


२९ माघ २०७५, मंगलबार  

0
Shares

ललितपुर खबर
ललितपुर
२९ माघ २०७५
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले सकुर्लरपछि नेपाल कम्युनिष्ट पाार्टी ललितपुरले पार्टी कार्यालयमा जनयुद्ध दिवश मनाउने भएको छ । देशभरका पार्टी कार्यालय जनबर्गीय संगठनका कार्यालयहरुमा शहिदहरुलाई श्रद्धाञ्जली दिएर जनयुद्ध दिवस मनाउने निर्णय सकुर्लर गरिएपछि पार्टी कार्यालयमा जनयुद्ध दिवश मनाउन लागिएको हो ।
पार्टी एकताअघि एमालेले जनयुद्धलई शसस्त्र युद्धको रुपमा व्याख्या गर्दै आएको थियो । जनयुद्ध दिवसलाई माओवदी युद्धमा सहभागी पार्टीहरुले छुट्टा छुट्टै कार्यक्रम गरेर मनाउदै आएका थिए । यसअघि एमालेले कुनै पनि जनयुद्ध दिवशको कार्यक्रम आयोजना गरेको थिएन ।
तत्कातिन नेपाल कम्युनिष्ट पार्टी माओवाादी ले २०५२ फागुन १ गते जनयुद्ध शुरु गरेको सम्झनामा जनयुद्ध दिवश मनाइन्छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको माओवादी केन्द्र र नेकपा एमाले एकता भएपछि पहिलो पल्ट देशभर शहिदलाई श्रद्धाञ्जली कार्यक्रम आयोजनना गरेर जनयुद्ध दिवश मनाउन लागिएको हो ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ९ : ०४ बजे