६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भत्केको भट्टेडाँडा (फोटोफिचर)


६ फाल्गुन २०७५, सोमबार  

0
Shares

ललितपुर खबर
भट्टेडाँडा
६ फागुन २०७५


राजधानीबाट उपत्यका बाहिर जाने छोटो मार्ग कान्तिलोकपथको पुर्ननिर्माण धमाधम भइरहेको छ । ललितपुरको सातदोवाटोबाट हेटौडाको बुद्ध चोकसम्म जम्मा ९२ किलोमिटर मात्रै रहेको छ । एक लेनमा मात्रै सिमित यो सडकमार्गलाई २ लेनको फराकिलो बनाएर कालोपत्रे गरिदैछ । सडक फराकिलो बनाउने क्रममा मोड काटिदा ४ किलोमिटर छोटो हुने अनुमान छ ।


यस लोकमार्ग २०१३ सालबाट निर्माण शुरु भई २०१५ सालमा निर्माण पुरा भएको थियो । यस लोकमार्ग उद्घाटनका क्रममा राजा महेन्द्रले आफैले गाडी चलाएर ललितपुर हुँदै हेटौडा पुगेका थिए ।


सडक निर्माण गर्न ललितपुरखण्ड तुलनात्मक रुपमा कठीन छ । भट्टेडाँडाको तिनपाने बगुवाखण्डमा धेरै पहिरो रहेको र पहाडको बीचबाट सडक खन्नु पर्ने अवस्था छ । यद्यपी तिनपाने भञ्ज्याङ्गबाट महाँककाल खोल्चा हुँदै भट्टेडाँडा बगुवा जोड्ने वैकल्पिक सझिलो मार्गको लागि सर्वे भइरहेको छ । पर्दा पहिरो धेरै गएको छ । सडकमुनि माटो फ्याक्दा बन बुट्यान नासिएका छन् । स्थानीय बासिन्दाको खेत बारीमा माटो पुप्रेको छ । बनमा घाँस दाउरा गर्न जान सक्ने अवस्था छैन । धेरै ठाँउमा बर्षे झरिले घर बारीमा पहिरो लाग्ने डर छ । हेरौं भट्टेडाँडाको पहिरो तस्विरमा ः

 

 

 

 

\

 

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ८ : २८ बजे