८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


वितिषा र शुभ  उत्कृष्ट कराते खेलाडी


६ फाल्गुन २०७५, सोमबार  

0
Shares

ललितपुर खबर
ललितपुर
६ फागुन २०७५

गोदावरी ओपन तेस्रो राष्ट्रिय वादो कराते प्रतियोगितामा गोदावरी पार्टी प्यालेस, टौखेल गोदावरीमा सम्पन्न भएको छ ।
गोदावरी मार्शल आर्टस् सेन्टर र आई डब्लु एफ् एन कराते डो संघ केन्द्रीय टेक्निकल कमिटीको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगितामा पुरुष तर्फ आयोजक गोदावरी डोजोका शुभ सिल्वाल र महिला तर्फ ठैब डोजोका बितिषा स्याङतान प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुन सफल मार्शल आर्टस् सेन्टरका अध्यक्ष एवम् आई डब्लु एफ् एन कराते डो संघ केन्द्रीय टेक्निकल कमिटीका अध्यक्ष चिन लामाले जानकारी दिएका  छन् ।
उदियमान खेलाडीमा धुनवेशी डोजो धादिङका अमिर तामाङ र नागर्जुन डोजोका रश्मि लामा हुन । आई डब्लु एफ् एन कराते डो संग आवद्ध १३ जिल्ला र आमन्त्रित डोजोहरु जे के एफ् गोजुकाई, वादो काई, सितोरियो बंगलामुखी डोजो, के जेट आई वादो रियो, गोजु रियो लगायतका कराते खेलका महिला र पुरुष गरि २६४ जना खेलाडीहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा ८ स्वर्ण ४ रजत र ४ कास्य सहित मानसिं डोजो टिम च्याम्पियन बन्न सफल भए, आयोजक गोदावरी डोजो ५ स्वर्ण ५ रजत र ५ कास्य सहित टिम द्वितीय र गोगंवु डोजो ३ स्वर्ण २ रजत र १ कास्य सहित टिम तृतीय हुन सफल भएको छ । त्यसै गरि अनुशासित टिममा रामेछाप जिल्ला टिम बन्न सफल भएको छ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा संघिय सांसद नवराज सिलवाल , प्रदेश सभा सांसदहरु लालकुमारी पुन, मैना अछामी, देवकी श्रेष्ठ, नेकपा ३ नं। प्रदेश सदस्य मधुसूदन पौडेल, गोजु रियो युजेनकाई करातेका केन्द्रीय सचिव सुदन सिं सिलवाल, लगायतका खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको आतिथ्यतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहमा मन्तव्यको क्रममा प्रमुख अतिथि माननीय युवा तथा खेलकुद मन्त्रीले नेपाली खेलकुद क्षेत्रमा कराते खेलले गौरवशाली ईतिहास कायम राखेको र यस्को विकासमा आफु सधैं लागिरहने ब्त्ँउ । नेपालमा अहिले पनि अन्तर्राष्ट्रियस्तरमा देशलाई प्रतिनिधित्व गर्दै पदक ल्याउन सक्ने खेल कराते रहेकोले यस्मा देखिन थालेका केही समस्या र विवादहरुलाई समाधान गर्न आफु लागिरहेको समेत बताउ। प्रतियोगितामा कुमिते र काता गरि २४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । विजेता खेलाडीहरुलाई युवासंघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पौडेल, विशिष्ट अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, पूर्व नेकपा एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, गोदावरी नगरपालिका बोर्ड सदस्य लक्ष्मी बहादुर नगरकोटी, नेपाल खेलाडी तथा प्रशिक्षक संघका केन्द्रीय अध्यक्ष महेश नेवा, उपाध्यक्ष स्वयंभुराज डंगोल, आइ डब्लू एफ एन करातेका केन्द्रीय कोषाध्यक्ष नवराज चौंलागाई, राष्ट्रिय तेक्वान्दो संघका ३ नं। प्रदेश सचिव राजु श्रेष्ठ लगायतबाट मेडल प्रमाणपत्र तथा ट्रफि वितरण गर्नु भएको थियोे । प्रतियोगिता गोदावरी मार्शल आर्टस् सेन्टरका अध्यक्ष एवम् आई डब्लु एफ् एन कराते डो संघ केन्द्रीय टेक्निकल कमिटीका अध्यक्ष चिन लामाको सभापतित्वमा सम्पन्न भएको थियोे । प्रतियोगिता करातेका ८ जना एसियन रेफ्री र २२ जना राष्ट्रिय रेफ्रीले दुई वटा स्थानमा एरेना बनाई विश्व कराते नियम बमोजिम संचालन गरिएको थियोे । प्रतियोगिताको रेफ्री संयोजकको भूमिकामा राष्ट्रिय रेफ्री कमिसनका वरिष्ठ उपाध्यक्ष राम लामा रहेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ९ : ०५ बजे