१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारले संस्कृतीविद् जोशीको १ सयऔं जन्मोत्सव मनाउने


७ फाल्गुन २०७५, मंगलबार  

0
Shares

सरकारले संस्कृतीविद् सत्यमोहन जोशीको १ सयऔं बर्ष भव्यताको साथ मनाउने तयारी गरेको छ । यही बैशाख गते ३० गते कार्यक्रम गरेर जोशीको शतवार्षिकी महोत्सवको पहिलो कार्यक्रम आयोजना हुनेछ भने वर्षैभरि विविध कार्यक्रमको साथ उनको जन्मोत्सव मनाउने तयारी छ । सोही दिन उनी १ सय बर्ष लाग्दैछन् ।
जोशीको शतबार्षिकी जन्मोत्सव भने स्थानीय सरकारको रुपमा रहेको ललितपुर महानगरपालिकाले मनाउन लागेको हो । ललितपुर महानगरपालिकाले मेयर चिरीबाबु महर्जनको संयोजकत्वम १ सय ११ सदस्यीय शतवार्षिकी महोत्सव समिती गठन गरेर कार्यक्रम भव्य बनाउन लागिएको हो ।
श्रोतका अनुसार उनको जन्मोत्सवको अवसरमा पार्क निर्माण हुनेछ । कुनै एक सडकको नाम सत्यमोहन मार्गको नामांकरण गर्ने तयारी छ । साथै हुलाक टिकट र सुनको मुद्रा पनि प्रकाशन गर्ने तयारी भइरहेको छ ।
जोशीको १ सय औं जन्मोत्सव बारेमा जानकारी दिनका लागि ललितपुर महानगरले पुल्चोकस्थित याक प्यालेसमा बुधबार पत्रकार सम्मेलन आयोजना गरिएको ललितपुर महानगर स्रोतले जनाएको छ।।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  १० : ३५ बजे