ललितपुर खबर
ललितपुर
१६ फागुन २०७५
ललितपुर जिल्ला अदालतले बडीखेल बलत्कार हत्याकाण्डका अभियुक्त पवन कुँवर,विशालध्वज कार्की र रघु सिलवाललाई जेल सजाय सुनाएको छ । जिल्ला अदालत ललितपुरका श्रेस्तेदार चन्द्रप्रकाश तिवारीका अनुसार तीनै अभियुक्तले १० वर्ष जेल सजाय हुनेछ । न्यायाधिश धनसिंह महराको इजलासले अभियुक्तहरुलाई सजाय सुनाएको हो ।
२०७४ मंसिर २ गते ललितपुरको गोदाम चौरकी एक महिला (पिडितको नाम राख्दा थप पिडा हुने हुँदा एक महिला राखिएको) लाई सामुहिक वलत्कारपछि घाइते बनाएर जंगल नजिकै बारीमा छोडिएको अवस्थामा भेटिएकी थिइन् । उनको अहिलेसम्म पनि उपचार जारी छ ।
१७ फाल्गुन २०७५, शुक्रबार
0
Shares
प्रतिक्रिया