८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गढीभञ्ज्याङ्ग–सिम्ले सडक चालु


२० फाल्गुन २०७५, सोमबार  

0
Shares

ललितपुर खबर
ललितपुर
२० फागुन २०७५


दक्षिण ललितपुरको भट्टेडाँडाको गढीभञ्ज्याङ्ग–सिम्ले सडक चालु भएको छ । दक्षिण ललितपुर भित्रको दुर्गम गाँउले परिचित सिम्ले सडक सञ्जालमा जोडिएपछि आवतजावलका सहज हुने भएको हो ।
स्थानीय सडक वागमती गाँउपालिकाका अध्यक्ष विर बहादुर लोप्चन उपाध्यक्ष रञ्जना तिमस्सिना उपभोक्ता समितीका अध्यक्ष श्यामलाल जिम्माले रिवन काटेर शुभारम्भ गरे ।
गाँउमा मोटर बाटो आएपछि विपन्न तामाङ्ग जाती रहेको सिम्लेका स्थानीय हर्षित छन् । उदय शम्शेरले संसदीय कोषबाट बजेट छुट्याएर प्रारम्भ गरिएको यो सडक स्थानीय स्तरको बजेटबाट सम्पन्न भएको हो । गाँउपालिकाको अनुसार यो बाटो बनाउन वागमती गाँउ पालिकाले रु १ करोड बजेट विजयोजन गरिएको थियो ।

तस्विरः दिपक घिमिरे समिर\फेसबुक

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ८ : ०३ बजे