१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दिनेशको तेस्रोपटक वल्र्ड रेकर्ड राख्ने तयारी


२८ फाल्गुन २०७५, मंगलबार  

0
Shares

लपु खबर
काठमाडौं
२७ फागुन ०७५


गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुई
पटकसम्म आफ्नो नाम दर्ता गराईसकेका नेपालकै पहिलो पार्कर
खेलाडी दिनेश सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्न लागेको
जानकारी गराएका छन ।
सोमबार रिपोर्टर्स क्लबमा ‘नेपाल पार्कर एण्ड फ्रि–रनिङ
एशोसिएशनले आयोजना गरेको ‘ह्याट्रिक गिनिज बुक अफ
वल्र्ड रेकर्ड एटेम्ट–२०१९’ कार्यक्रममा ‘मस्ट
ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ बिधामा तेस्रो
पटक विश्व रेकर्डको (ह्याट्रिक) गर्न लागेका सुनारले ३० सेकेण्डमा
११ पटक गरेरै देखाएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अथितिको रुपमा रहेका
पुर्वप्रधानमन्त्री एवम् नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले
नेपालको नाम गिनिज बुक अफ वल्र्डमा रेकर्ड राख्ने क्रम बढेको
भन्दै खुशि व्यक्त गरेका थिए ।
पछिल्लो समय नेपाललाई चिनाउन आफ्नो प्रतिभा देखाउने
नेपालीको संख्या एकपछि अर्को गरि बढिरहेको बताउँदै उनले
नेपालीहरुमा प्रतिभाको कमि नभएको जिकिर गरे ।

आविष्कार र प्रतिभाको क्षेत्रबाट देशको नाम बिश्वमा नै चिनाउने
प्रतिभावान नेपालीप्रति गर्व रहेको उनको भनाई थियो । उनले वीर
गोर्खालीहरुले ईतिहाँसमा नेपालको नाम लेखाउन तथा नेपाली
हुनुको ताकत देखाउन सफल भएको स्मरण गराए ।
‘हामी नेपालीहरु अरुभन्दा कुनै कुरामापनि पछाडी रहनु
हुदैन्’–उनले भने,‘असम्भवलाई सम्भव बनाउने प्रतिभा जो
कोही नेपालीहरुमा रहेको छ । यो कुरा नेपालीहरुले सावित गरेर
देखाएका छन् ।’
विश्वमा सगरमाथाको चुचुरोमा पहिलो पाईला राख्न सक्ने नेपाली
देशको नाम राख्नकै लागि देश बिदेशमा गएर आफ्नो प्रतिभा
देखाउन लागेकोमा नेपालीको स्वाभिमानमा यसले उचाई थपिने
उनको विश्वास छ ।
त्यस्तै कार्यक्रममा हाँस्यकलाकार जितु नेपालले दिनेशले खेल
जगतको माध्यमबाट देशको गौरव बढाएको भन्दै धन्यवाद दिए ।
आफुभित्र रहेको प्रतिभालाई बिश्वमा नै चिनाउनेमा दिनेशजस्ता
थुप्रै नेपालीहरु रहेको भन्दै उनले खुलेर प्रशंसा गरे ।
खोटाङ स्थायी घर भएका दिनेश सुनार करिव १५ वर्षदेखि निरन्तर पार्कर
खेलको विकासमा लागेका छन । खेल विकासमा लागेका दिनेशको एकमात्र
चाहना भनेको पार्करलाई नेपालमा स्थापित गर्नु नै रहेको छ ।
जिम्न्यास्टिक हुँदै पार्करसम्म आईपुगेका उनले योभन्दा
पहिला दुई वटा बिद्यामा विश्व रेकर्ड राख्न सफल भैसकेका छन । हाल
करिव सात वर्षदेखि नेपाल सशस्त्र प्रहरी बल खेलकुद शाखामा
जिम्न्यास्टिक खेलाडीको रुपमा कार्यरत उनी आफ्नो
नशा–नशामा पार्कर रहेको बताउँछन् ।
सशस्त्रबाटै राष्ट्रियस्तरको जिम्न्यास्टिक खेलेका उनले स्वर्ण पदकपनि
पाईसकेका छन् । । उनले आफुले सन् २०१७ स मा एक मिनेटको

समय सिमाभित्र ३६० डिग्रीको रोटेसनमा १८ पटक ‘द मस्ट ट्विस्टिङ
ब्याक फ्लिप्स वाल इन’ गरेर पहिलो र २०१८ मा ३० सेकेन्डमा
१६ पटक ‘ब्याक फ्ल्पि’ गरेर अर्काे रेकर्ड राख्न सफल भएको
जानकारी दिए ।
नेपालमा पार्कर खेललाई स्थापित गर्नको लागि केही गरौं भन्ने
उद्देश्यका साथ अमेरिकामा दुई महिनाको तालिम गरेर अनुमतिपत्र समेत
पाउँदा आफुले त्यहाँ सिकाउने अवसर नपाएको उनले दुखेसो
पोखे ।
गत जनवरीमा मात्र अमेरिकामा भएको पार्कर प्रतियोगितामा नेपालको
प्रतिनिधित्व गर्दे त्यहाँ पुगेका उनी बिभिन्न देशका ८०
प्रतियोगिमध्ये ८ औ स्थानमा पुग्न सफल भएका थिए । ‘पार्कर
फ्री रनिङ’ दिनेशको नामले परिचित उनले पार्कर बिद्यामानै रहेर
विश्वमा सबैभन्दा बढि रेकर्ड बनाई आफ्नो देशको नाम
बिश्वसामु चिनाउने आफ्नो लक्ष्य रहेको सुनाए ।
डि.आर.एन ईलोक्ट्रोनिक्स ब्रान्ड कम्पनीले प्रायोजन
गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने
व्यक्तिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ४ : ५९ बजे