१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अव साहित्यिक सगरमाथा आरोहण


३ चैत्र २०७५, आइतबार  

0
Shares

लपु संवाददाता
काठमाडौं, ०७५ चैत्र ३ । कवि तथा साहित्यकार, प्रथम मेचि–महाकाली साहित्यिक धावक लक्ष्मण सापकोटा ‘विकल्प’ ले प्रथम साहित्यिक सगरमाथा आरोहण गर्ने भएका छन् । उनले यही चैत्र २३ गतेबाट उक्त आरोहण शुरु हुने जानकारी गराएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आरोहीसहित प्रथम साहित्यिक सगरमाथा आरोहण समितिले पत्रकार सम्मेलन गरेर आरोहणको बारेमा जानकारी गराएको हो ।
सर्वोच्च शिखर सगरमाथा आरोहणमा ५ वटासम्म विश्व कीर्तिमान बनाई पहिलो नेपाली साहित्यकारको रुपमा विश्वको ध्यानाकर्षण गराउने लक्ष्य रहेको आयोजकको दाबी छ ।
आरोहणको बारेमा जानकारी गराउँदै साहित्यकार तथा धावक ‘विकल्प’ले आफु साहित्यिक ब्यानर बोकेर सगरमाथा चढ्ने पहिलो साहित्यकार बन्न गैरहेको दाबी गरे ।
सम्पुर्ण नेपाली साहित्यकारहरुको प्रतिनिधित्व गर्दै सर्वोच्च शिखरमा उभिएर कविता वाचन गर्ने विश्वको पहिलो कवि बनी विश्व कीर्तिमान बनाउनेपनि उनले घोषणा गरे ।
सर्वाेच्व शिखर सगरमाथामा नेपाली सामाजिक उपन्यास ‘झट्केली’ को लोकार्पण गर्दे नेपाल प्रज्ञा–प्रतिष्ठानको लोगो, गौतम बुद्धको मुर्ती, पशुपतिनाथ मन्दिरको आकृति, गीता र त्रिपिटकलाई पनि शिखरमा पु¥याउने आफ्नो लक्ष्य रहेको उनले जनाए ।
आरोहणकालागि आफु मानसिक तथा शारिरीक दुवै रुपमा तयार रहेको बताउँदै उनले आरोहणमा आर्थिक सहयोग गर्ने कम्पनीको ‘कर्पोरेट– लोगो’लाई पनि सर्वोच्च शिखरमा पु¥याउने बताए । मेची–महाकालीको माटो तथा पानी, कौडिन्य ऋषिको मुर्ति, राष्ट्रकवि र शताब्दि पुरुष सत्यमोहन जोशीद्धारा हस्ताक्षर गरेको रामायण तथा बिभिन्न ३० जति श्रष्टाहरुको फोटोपनि सगरमाथामा प्रर्दशन गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।
उनले हिमाललाई आधार बनाएर नेपाली साहित्यको विकास गर्नुपर्ने धारणा सुनाए । उनले भने,‘समुन्द्र भएका देशहरु पानी र समुन्द्रको बारेमा साहित्य सृजना गर्छन, मरुभुमि भएका देशहरु बालुवा र मरभुमिको बारेमा साहित्य कोर्छन भने हामीले हिमालको बारेमा साहित्य किन नकोर्ने ?’
आफुद्धारा लिखित पुस्तक ‘इम्जात्से हिमशिखर चुम्दा’ र महाकबि देवकोटाको मुना–मदन पनि संगै चुचुरोमा लैजाने उनले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै पूर्व सभासद रामहरि सुवेदीले नेपालमै नयाँ किर्तीमानी राख्न साहित्यको क्षेत्रमा उक्त कार्य हुने विश्वास दिलाए । उनले सगरमाथामा नेपाली साहित्यको क्षेत्रबाट पहिलो किर्तिमान रहन गैरहेकोमा शुभकामना दिँदै साहित्यको विकासमा परिश्रम गरिरहेका साहित्यकारको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा बोल्दै कवि तथा समालोचक तर्कना शर्माले साहित्यसँगै आफ््नो पहिचान र संस्कृतिको जोर्गना गर्न आवश्यक रहेको बताईन् । आफ्नो देशको साहित्यलाई हिमालसंग तुलना गरेर साहित्य जर्गेनामा लाग्नुपर्ने उनको भनाई छ । शर्माले साहित्यको माध्ययमबाट सगरमाथाको शिखर चुम्नपनि श्रष्टालाई शुभकामना दिईन् ।
त्यस्तै कार्यक्रममा साहित्यकार रामप्रसाद पन्तले उक्त आरोहणमा लाग्ने खर्चको केही प्रतिशत अझै उठ्न बाँकी रहेकोले आफूहरु रकम संकलनकै क्रममा रहेको सुनाए । उनले सम्पूर्ण साहित्यकारहरुको चाहनाअनुसार नै यो कार्य गर्न गैरहेको बताए ।
उनले आफूले अहिलेसम्म लेखेका अधिकांश पुस्तकहरु यात्रासम्बन्धी नै लेखेको सुनाए । उनले थपे,‘मैले अहिलेसम्म लेखेका २८ मध्ये १४ वटा पुस्तक त यात्रासम्बन्धी छन्, अब सापकोटाजीको यो साहित्यिक आरोहण सफल भएपछि नयाँ किताब पनि म लेख्छु।’

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ११ : ५८ बजे