११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गिरिजाप्रसाद पत्रकारिता पुरस्कार पुष्करलाललाई


१५ चैत्र २०७५, शुक्रबार  

0
Shares


लपु संवाददाता
१५ चैत ०७५, काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार एवम् कामना प्रकाशन प्रा.लीका अध्यक्ष पुष्करलाल श्रेष्ठलाई दिने घोषणा गरेको छ । पुरस्कारको राशी १ लाख रुपैयाँ र ताम्रपत्र रहेको छ ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा शुक्रबार बसेको पुरस्कार छनौट समितिको बैठकले सो निर्णय गरेको हो । श्रेष्ठ नेपाल समाचारपत्रका संस्थापक एवम् प्रधान–सम्पादक हुन् । विगत साढे तीन दशकभन्दा लामो समयदेखि पत्रकारितामा अविरल क्रियाशिल श्रेष्ठको योगदानको उच्च मूल्यांकन गर्दै क्लबले यही चैत्र १७ गते २१ औं वार्षिकोत्सवको अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।
वि.स. २०४२ साल मंसिर १५ गते कामना मासिक प्रकाशन गरेर श्रेष्ठले पत्रकारिताको यात्रा तय गरेका हुन् । नेपाली पत्रकारिताको व्यवसायिक जग बसाल्ने श्रेयपनि श्रेष्ठलाई नै जान्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ८ : ५३ बजे