२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वालकुमारीबाट रक्तसञ्चार कार्यालय सर्दै


१६ चैत्र २०७५, शनिबार  

0
Shares


लपु संवाददाता
१७ चैत्र ०७५,ललितपुर । ललितपुरको बालकुमारीबाट सञ्चालन हुँदै आएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार  सोसाइटीको कालीमाटी, रेडक्रमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा बनेको नयाँ भवनबाट सञ्चालन हुँदैछ । २०७२ सालको भूकम्पबाट भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि तत्कालका लागि आपत्कालीन सेवा केन्द्र बालकुमारीबाट सेवा सञ्चालन हुँदै आएको थियो ।
श्’क्रबार नयाँ भवन कालीमाटीमा पत्रकारहरुका लागि अवलोकन भ्रमण गराएर केन्द्र सर्नेबारे जाननकारी गराइएको थियो । रक्तसञ्चार सेवा केन्द्रका निर्देशक पवन गुप्ताले नयाँ भवनको बिभिन्न प्रशासनिक तथा सहयोग प्रदान गरिने कक्षहरुको बारेमा जानकारी दिनुएका थिए ।


निर्देशक मनिताराज कर्णिकारले ललितपुरको बालकुमारीबाट सेवा दिने क्रममा स्थान अभाव भई साँगुरो भएको, धेरै सेवाग्राहीलाई यातायात सेवाको दृष्टिले अपायक परेको गुनासो आइरहेकोमा थाइ रेडक्रसको सहायोगमा निर्माण भएको यो नयाँ भवनमा धेरै सेवाग्राहीलाई पायक पर्ने र सेवा दिन सहज हुने अवस्था रहेको बताए ।
कर्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले रक्तसञ्चार सेवा प्रदान गर्दा रगतको माग र आपूर्तिलाई सन्तुलन गर्न नेपाल रेडक्रस सोसाइटी लागिपरेको बताए।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ७ : ४४ बजे