१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रदेश २ काे विकासमा इन्जिनियरहरूकाे चासाे


१७ चैत्र २०७५, आइतबार  

0
Shares

लपु संवाददाता
१७ चैत्र ०७५,जनकपुर ।  देश २ सरकारका आन्तरिक ममिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले इन्जिनियरहरू विकासको मेरुदण्ड भएको बताएका छन्। चैत १५ गते शुक्रबार जनकपुरमा आयोजित वर्कशप क्वालिटी कन्सट्रक्सन समारोहमा उनले भने, ‘इन्जिनियरहरूलाई मैले विकास निर्माणको ब्याक बोन मानेको छु।

कुनै पनि विकासमा कुशल इन्जिनियरको महत्वपूर्ण हात रहन्छ।’ कार्यक्रममा विकास निर्माणमा हुने क्वालिटीबारे व्यापक छलफल भएकोे थियो। मन्त्री यादवले गुणस्तरीय निर्माणको जिम्मेवारी बोकेका प्रदेशभरिका इन्जिनियरहरूले प्रदेशलाई मजबुतीका साथ निर्माणमा सघाउने आशा व्यक्त गरे। नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश २ केन्द्रले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले उद्योगीहरूका लागि प्रदेश सरकारको सहयोग सधैं रहने आश्वासन व्यक्त गरे।

उनले भने, ‘प्रदेश २ मा उद्योग खोले २० वर्षसम्म कुनै प्रकारको कर नलिइने व्यवस्था गरेका छौं।’ उद्योगीहरूलाई प्रदेशमा सक्रिय सहभागी गराउन त्यसका लागि विद्युत, जग्गा पनि प्रदेश सरकारले उपलब्ध गराउने बताएका थिए।

नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश २ का सभापति नन्दकिशोर यादवको अध्यक्षतामा भएको सो समारोहमा गुणस्तरीय निर्माणमा इन्जिनियरको भूमिकाबारे बहस भएको थियो। ३ सयभन्दा बढी इन्जिनियर सहभागी उक्त कार्यक्रममा गुणस्तरीय निर्माणमा सिमेन्टको आवश्कता र यसको महत्वमाथि समेत छलफल गरिएको अध्यक्ष यादवले जानकारी दिए।

कार्यक्रममा इन्जिनीयर ध्रुव थापाले प्रदेश सरकारले उद्योगीहरूको लागि दिएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताए। प्रदेश सरकारको अवसर र निर्णयप्रति प्रशंसा तथा खुसी व्यक्त गर्दै उनले भने, ‘प्रदेश २ मा उद्योग सञ्चालन गर्न आतुर छौं।

कसमस सिमेन्टको आयोजनामा भएको उक्त कार्यक्रममा डा. जीवराज पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए भने सोही क्रममा इ. थापाले सिमेन्टको क्वालिटीमा आधारित र त्यससम्बन्धी कार्यपत्र सहभागीसमक्ष दर्शाएका थिए। खरिद नियमावलीसम्बन्धी कार्यपत्र रत्नेश्वर कर्णले कार्यपत्र प्रस्तुत गरेका थिए। सहभागी इन्जिनियरहरूले गुणस्तरीय निर्माणमा आफू निष्ठापूवर्क लागिपर्ने प्रतिबद्धता जाहेर गरेका थिए।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  २ : ०४ बजे