५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोटिखेल जाने छोटो सडक बन्यो


१९ चैत्र २०७५, मंगलबार  

0
Shares


लपु संवाददाता
१९ चैत्र ०७५,ललितपुर । चापागाँउबाट गोटिखेल जाने छोटो सडकमार्ग निर्माण सम्पन्न भएको छ । मंगलबार ललितपुरका सासंद नवराज सिलवालले रिवन काटेर सडकको उद्घाटन गरेका छन् ।
दक्षिण ललितपुरको नल्लुबाट पाथिभारा मन्दिर,देउराली,उन्युचौर,केपलडाँडा हुँदै कतवनबेसी मानिखेलसम्मको सडकसञ्जाल विस्तार भएको हो । उन्युचौरदेखि कतवनबेसीसम्मको ट्रयाक जोडिएसँगै यस सडक हुँदै साना सवारीसाधन चल्न थालेका छन् । यो सडक चालु भएपछि साविक गोटिखेल जाने सडकमार्ग ८ किलोमिटर छोटो हुन्छ ।
ललितपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सासंद नवराज सिलवालको संसदीय क्षेत्र विकाश कोष को २५ लाख र को महांकाल गाँउपालिकाको १५ लाख बजेट खर्च गरेर सो सडकको ट्रयाक जोडिएको हो । सासंद सिलवालले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय स्तरमा
बिकास योजनामा हुने गरेको भष्ट्रचारलाई निर्मुल गर्नु आजको सबैभन्दा ठूलो चुनौति रहेको विचार व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा स्थानीय नेताहरु हरि दाहाल,सुशीला नेपाल,हरिकृष्ण व्यञ्जनकार,मधुसुधन पौडेल गाँउपालिकाका प्रमुख रामचन्द्र दाहाललगायतको सहभागिता थियो ।
गाँउपालिकाका प्रमुख रामचन्द्र दाहालले गोटिखेलबाट चापागाँउ जाने क्रममा स्थानीय बासिन्दाको समय र खर्च जोगिने तर्क गरे । उनले भने,‘विकाशमा पछि परेको यस भेग गोटिखेलको लागि वैकल्पिक सडक निर्माण भएको छ । यसबाट यस भेगका सबै जनता लाभान्वित हुनेछन् ।’

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : १४ बजे