२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तर्वार्ता


‘हामी ललितपुरको सार्मथ्य देखाउन चाहन्छौं’


२८ चैत्र २०७५, बिहिबार  

0
Shares

बुधबारबाट ललितपुरको नःटोलमा ललित अन्र्तराष्ट्रिय ट्रेड फेयर २०७५ आयोजना भइरहेको छ । ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको मेलामा भारत चीन,पाकिस्तान र बंगलादेशका ३० वटा स्टल समेत छन् ।ललितपुरका हस्तकला तथा अन्य उत्पादन प्रवद्र्धनका लागि आयोजना गरिएको मेलाका सन्र्दभमा संघका अध्यक्ष कृष्णलाल महर्जनसँग गरिएको कुराकानीको सम्पादित अंश ः
ललित अन्र्तराष्ट्रिय ट्रेड फेयर आयोजना गर्नुको उद्देश्य के हो ?
ललितपुरलाई हस्तकला शहरको घोषणा भएपछि हस्तकलालाई प्रबद्र्धन गर्नु पर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । नेपालमै हामीले पहिलो पल्ट ललितपुरमा व्यापार मेला गरेका थियौं । अव हरेक वर्ष व्यापार मेला गर्ने हामीले निर्णय गरेका छौं । अव आगामी बर्ष निरन्तर व्यापार मेला आयोजना हुन्छ ।
ललितपुरमा विभिन्न संघ संस्थामार्पत विभिन्न समयमा मेला आयोजना भइरहेको छ । यहाँ व्यवस्थित रुपमा मेला आयोजन ा गर्नका लागि प्रर्दशनी कक्ष छैन के सोच्नु भएको छ अव प्रद्र्धशनी स्थल बन्ला ?
राजधानी नजिकै भएर पनि ललितपुर उपेक्षामा परेको छ । हामीलाई प्रद्र्धशनी गर्नुको औचित्य यहाँ पुष्टि गर्न यहाँका उद्यमीहरुको क्षमता र यहाँ मेला हेर्न आउने दर्शक नै हुन् । यस्तो खाले मेला आयोजना गरिरहदा हामीले नयाँ कुरा सिक्न सक्छौं । विभिन्न कुराहरुको आवश्यकत्ता बोध हुन्छ । अहिले ललितपु्रमा प्रर्दशनी कक्ष बनाउनु पर्ने बहस शुरु भएको छ । धेरै मेला आयोजना भएपछि प्रद्र्धशनी कक्षको आवश्यकत्ता खड्कन्छ । अनि प्रर्दशनी कक्ष पक्कै बन्नेछ ।
अहिले हस्तकला शहर चार वर्षमा परिक्षण गर्दा हस्तकला शहरको मान्यतालाई निरन्तरता नदिने सम्भावना पनि हुन्छ । आगामी के योजना छ ?
ललितपुर उद्योग वाणिज्य संघ पाटनका सम्पदा संरक्षणमा सर्मर्पित छ । हस्तकला नगरी घोषणाले हामीलाई सम्पदा संरक्षणका लागि मेहनत गर्न प्रेरणा मिलेको छ । सरकारी निकायलाई सम्पदा संरक्षण का लागि दवाव परेको छ । हामीलाई यो उपलव्दी जोगाउन अझैं मेहनत गर्नु परेको छ । यसै सन्दर्भमा उद्योग वाणिज्य संघ भिमसेन मन्दिर पुर्ननिर्माणका लागि हरतरिकाले जुटिरहेको छ ।
हस्तकला महासंघ, ललितपु्र महानगरपालिका र ललितपु्र उद्योग वाणिज्य संघले संयुक्त निवेदन दिएपछि यो हस्तकला शहर घोषणा भएको हो । यो उपलव्दीलाई जोगाउने जिम्मेवारी पनि हाम्रै हो । नीजि क्षेत्रको छाता संगठन र सरकारी निकायले मेहनत गर्ने हो भने जस्तोस’कै उपलव्दी हासिल गर्न सकिन्छ भन्ने हाम्रो विस्वास छ ।
साना लगानीकर्ताहरुलाई प्रवद्र्धन गर्न उद्योग वाणिज्य संघले कस्तो प्रयास गरिरहेको छ ?
हामीसँग आवद्ध व्यावसायीहरु साना लगानीकतर्ता नै हुन् । सरकारले ठूला लगीकतालाई संरक्षण गर्ने तर साना लगानीकर्तालाई विर्सने परम्परा हुन्छ । संघले सधै सरकार लाई घचघच्याई रहेको छ । हाम्रो यो मेला साना व्यावसायीहरुको प्रवद्र्धन गर्नकै लागि हो । हामी बेला बेलामा साना उद्यमीहरुलाई सम्मान गरेर साना उद्यमीलाई उद्यम गर्न प्रेरणा दिइरहेका छौं ।
हस्तकलामा काम गर्ने कालिगढहरु घरको कुनामा बसेर काम गर्ने तर आफ्नो काम अरुलार्इं देखाउनतिर लागेको देखिन्न यस्तो प्रवृतिलाई कम गर्न संघले के काम गरिरहेको छ
प्रर्दशनीमा पाटनका उद्यमीहरुको वाहुल्य देखियो पाटनबाहिरका मध्य तथा दक्षिण ललितपुरका उद्यमीहरुलाई पनि समेट्ने कुनै योजना छैन ?
मेलामा सहभागी हुन सबै उद्यमीहरुलाई हामीले आह्वान गर्ने हो गरिहरेका छौं । केही उद्यमीहरु मेलामा सहभागी पनि भइरहनु भएको छ । धेरै उद्यमीहरुलाई मेलाको महत्व बुझाउन बाँकी छ जस्तो लागेको छ ।
मेलाका आर्कशनहरु क्े के हुन्  ?
प्रर्दशनीमा ३० वटा विदेशी स्टल छन् । ७० वटा भन्दा बढी हस्तकलालगायत विभिन्न उत्पादनहरु अवलोकन गर्न सकिन्छ । नेपाली फुडको मज्जा लिन स्टल छन् । पाटनका कालिगढहरुले बनाएका आर्कशक धातुकला हेर्न सकिन्छ । वालवालिकाहरुलाई खेल्नका लागि विभिन्न गेम स्टल छन् । मेला अवलोकनसँगै मनोरञ्जन लिने व्यावस्था छ ।
मेलाको प्रभाव कस्तो हुने अपेक्षा छ ?
मेलामा अवलोकनसँगै अगन्तुकले मन परेको सरसामान किन्न सक्ने व्यवस्था छ । यस मेलामा ५ करोडको व्यापार हुने अनुमान छ । १लाख दर्शकले मेला अवलोकन गर्ने हाम्रो विस्वास छ । काठमाडौं र भक्तपुरको नजिकै पुल्चोक रहेको हुँदा ललितपुरका हस्तकला हेर्ने ददर्शकको कुनै कमी हुदैन ।
मेलाको अपेक्षा के हो ?
राज्यको ध्यान ललितपुरमा परेको देखिदैन । लगानी सम्मेलनमा ललितपुरको कुनै क्षेत्रमा लगानी ल्याइएन । हामी यो मेला मार्फत ललितपुरको सामथ्य देखाउन चाहान्छौं । राज्यकको संलग्नताविना हाम्रो मेहनत र परिश्रमले यहाँको उद्यम कस्तो छ सबैले महसुस गर्न पाउनेछन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार  ८ : ४२ बजे