२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


नयाँ बर्षमा घुम्नलायक राजधानीका गन्तव्य


२९ चैत्र २०७५, शुक्रबार  

0
Shares

नागदहमा ढुंगा खियाउदै । तस्विरहरुः ललितपुर खबर

लपु संवाददाता
चैत्र ३० ०७५, ललितपुर । पछिल्ला वर्षहरुमा आमनेपालीहरुको घुम्ने संस्कृती विकाश भइरहेको पाइन्छ । विशेषगरि छुट्टीको दिन वा चाडपर्व जमेरै मनाउने नेपाली संस्कृती हो । बढ्दो शहरिया जीवनशैली मोहका कारणपछि शान्त र एकान्तमा बस्ने बानी नभएका आम नेपाली गाँउले परवेश वातावरणप्रति आर्कशर्ण बढ्दो छ ।
नयाँ वर्ष २०७६ साल सबैको घर आगनमा आइपुगेको छ ।

१.नागदह
ललितपु्रको धापाखेलस्थित नाग दह राजधानीको अर्को घुम्न लायक गन्तव्य हो । नागदहमा एउटा सुन्दर ताल रहेको छ । ताल वरिपरि रमाइला क्याफेहरु वन बुट्यान छन् ।पर्खालमा टेकेर पुरै ताल घुम्न पाइन्छ । नागदहमा कमलको फूल फुलेको हेर्दा रमाइलो लाग्छ । नागदहमा ढुंगा सयर गर्न पाउनु यात्रा पारखीहरुका लागि अर्को खुशीको कुरा हो ।
कसरी पुग्ने
लगनखेलबाट दैनिक वस लाग्छ । मात्र २० रुपैया तिरेपछि पुगिन्छ नागदह । बसर्पाक पुग्नुअघि झरेर ५ मिनेट हिड्नु पर्छ । आफ्नै साधन चढेर जान सातदोवाटोबाट दक्षिणतर्फ गोदावरी जाने बाटो पछ्याउनु पर्छ । अलि अघि धापाखेल जेम्स स्कूल छिर्ने बाटो पछ्याउनु पर्छ । ३÷४ किलोमिटर हिडेपछि पुगिन्छ,नागदह ।

गोदावरी कुण्ड र पञ्चदेवल ।

२. गोदावरी
गोदावरी रजधानीको एउटा चिर परिचित गन्तव्य हो । जंगलको बीचमा रहेको गोदावरीमा शान्त वातावरण पाइन्छ । गर्मी मौसमका यहाँ सिरसिर हावा चल्छ
भने जाडोमा न्यानो महसुस हुन्छ । गोदावरीस्थित वोटानिकल गार्डेन एउटा घुम्न लायक गन्तव्य हो । यहाँ सुन्दर फूलहरु,बाटो, पुल पुलेसा,छहारा,आर्कशक रुखहरु,रमाइलो लाग्ने पार्क छन् । गोदवरी पिकनिकको लागि राम्रो गन्ततव्य हो ।
धाार्मिक साँस्कृतिक रुपमा पनि गोदावरी उत्तिकै धनी छ । यहाँ हरेक बाह्र बर्षमा मेला लाग्दा नुहाउने कुण्ड छ । आर्कशक कलात्त्मक पञ्चददेवल अर्को हेर्नलयक धरोहर हो ।
कसरी पुग्ने
यहाँ पुग्न लगनखेलबाट सुविधाजनक बसहरु पाइन्छ । आफ्नै साधन हुनेहरु सातदेवाटोबाट सिधै आठ किलेमिटर पार गरेर गोदवरी जंगल पुग्न सक्छन् । गोदावरी वसपार्कबाट कुण्ड,वाोटानिकल गार्डेन पुग्न अझ पर जानु पर्छ ।

चन्द्रागिरीबाट देखिएको गणेश हिमाल र काठमाडौं उपत्यका ।

३.चन्द्रागिरी
आजकल चन्द्रागिरी पनि अर्को घुम्नलायक गन्तव्यको रुपमा लिइन्छ । राजधानीबासीका लागि केवुलकारको यात्रा नयाँ अनुभवको साधन रहेको हुँदा पनि चन्द्रागिरी उपयुक्त गन्तव्य हो ।
थानकोटबाट केवुलकार चढेर चन्द्रागिरी पुग्न सकिन्छ । चन्द्रागिरीमा भालेश्वर महादेवको मन्दिर छ । राष्ट्रनिर्माता पृथ्वी नारायणको शालिक छ । यहाँ क्याफे, रमाइला बगैचा र आर्कशक टायल विछ्याएको वाटो छन् । यहाँबाट राजधानी काठमाडौं रमाइलो देखिन्छ भने उत्तरतर्फका हिमाल र पहाड झन् सुन्दर देखिन्छ ।
कसरी पुग्ने
चन्द्रागिरी पुग्न कलंकीबाट थानकोट जाने बस पाइन्छ । थानकोट पुलिस चौकीमा ओर्लेर ५ मिनेट हिडेपछि केवुलकारको स्टेशन पुग्न सकिन्छ । चन्द्रागिरी आफ्नै साधन चढेर पनि जान सकिन्छ । गाडीमा जान केवुलको स्टेशनबाट उकालो मोटर बाटो अघि बढ्नु पर्छ । ५÷७ किलोमिटर अघि चित्लाङ्ग जाने भञ्ज्याङ्ग भेटिन्छ । त्यहाबाट उकालो बाटो अघि बढ्दा चन्द्रागिरी पुगिन्छ । बाटो कच्ची र साधुरो छ ।

जावलाखेलस्थित सदर चिडियाखाना भित्रको पोखरी ।

४.चिडियाघर
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना वाइल्ड लाइफमा रुचि भएका यात्रीका लागि उपयुक्त घुम्ने ठाँँउ हो । चिडियाघरमा वालवालिकहरलाई धेरै खेल्ने ठाँउ छन् । यहाँ ढुंगा सयर गर्न पाइन्छ । चिडिया घरमा हात्ति हेर्न मात्रै होइन चड्न पनि पाइन्छ । चिडिया घरमा जात जातका जनावर र चराचुरुङ्गी हेर्न पाइन्छ ।
चिडिया घरको आर्कशण वाघ हो । चिडिया घरमा दुई वटा बाघ छन् । भालु,गैडा,चितुवा,वनमान्छे,जरायो,खरायो, साँपजस्ता धेरै जनावर हेर्न चिडियाघरमा टिकट काट्नै पर्छ ।
कसरी पुग्ने
ललिपुरको जावलाखेलस्थित चिडिया घर जान राजधानीका विभिन्न ठाँउबाट बस लाग्छन् । लगनखेल,कोपण्डोल,बानेश्वर, कोटेश्वर सातदोवाटो भएर उल्टो र सुल्टो दुवै दिशाबाट टेम्पो चल्छन् । लगनखेल रत्नपार्क बस चढेर जावलाखेल झर्न सकिन्छ भने रत्नपार्कबाट लगनखेल चल्ने बस पनि पाइन्छ । आफ्नै साधन हुनेलाई जावलाखेल जान गाह्रो छैन ।

भृकुटीमण्डपस्थित फनपार्कमा खेल्न पुगेका वालवालिकाहरको भिड ।

५.भृकुटीमण्डप फनपार्क
वालवालिकाहरुलाई घुमाउनु छ भने भृकुटीमण्डपस्थित फन पार्क जानुस् । यहाँ दर्जनौं खेल्ने स्थल छन् । फन पार्कमा पस्न टिकट लाग्छ । अनि खेल्न पनि शुल्क लाग्छ । अलि खर्चिलो छ । तर वालवालिकाहरुलाई भरपुर मनोरञ्जन गराउन सकिन्छ । यहाँ छुकछुके रेल चढ्न पाइन्छ । रोटेपिङ्ग बोटिङ्ग अरु यस्तै यस्तै धेरै खेलहरु खेल्न सकिन्छ ।
फनपार्कमा हेर्नलायक धेरै फनी दृश्य छन् । यहाँ विभिन्न चर्चित कार्टुन देख्न सकिन्छ । चर्चित मोटु पात्लुदेखि विभिन्न जनावरका आर्कशक काटुन मूर्तिहरु । फनपार्कमा सुन्दर रमाइला बगैचामा बस्न पाइन्छ । मिठो मिठो खानेकुरा किनेर खान पाइन्छ ।
भृकुटीमण्डपमा घुम्नलायक छुट्टै पार्क पनि छ । बेला बेलामा आयोजना हुने प्रर्दशनी स्थल हेर्न भृकुटीमण्डप जान सकिन्छ ।
कसरी पुग्ने
राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप जान देश भरका विभिन्न गन्तव्यबाट गाडी लाग्छन् । सिंहदरवार र रत्नपार्क बीचमा रहेको भृकुटीमण्डपको फनपार्क जान सझिलो छ ।

वज्रवाराही मन्दिर ।

६.वज्रवाराही
अलि कम चर्चा हुने बज्रवाराही शान्त र एकान्तमा घुम्न मन पराउने यात्रुको सही गन्तव्य हो । बज्रवाराही जंगल एकान्त छ । बज्रवाराहीसँगै जोडिएको झरुवाराशीको सल्लाको रुखै रुखले ढाकिएको अर्को जंगल पनि छ । राजधानीको काँठको जीवन शैली बुझ्न बज्रवाराही जानु राम्रो हुन्छ ।
यहाँ गजुर नभएको बज्रवाराहीको मन्दिर छ । निरन्न्तर बज्ने घण्टको आवाजले देवताको मन्दिरमा रहेको झल्को आइरहन्छ ।
बज्रवाराहीमा रुखले ढाकिएको खुला चौर छ । उकाली ओराली जंगल छ । जहाँ बाटोभरि पात र सुकेको पत्करमा टेक्न पाइन्छ । ढुंगा छापिएको सुन्दर वाटो छ ।
कसरी पुग्ने
वज्रवाराहीसम्मै पुग्न लगनखेलबाट माइक्रोबस पाइन्छ । चापागाँउ र लेले जाने बस पनि लगनखेलबाट चड्न सकिन्छ तर चापाँगाउ बजार ओर्लेर ५ मिनेट हिड्नु पर्छ । आफ्नै सवारी साधन हुनेले सातदोवाटो चापागाँउ दोवाटोबाट ८ किलोमिटरको दुरी पार गर्नु पर्छ । बाटो साँधुरो छ । भत्केको अप्ठ्यारो पनि ।

चोभार र काठमाडौं उपत्यका ।

७.चोभार
शहर नजिकै डाँडाकाँडा भिरपाखा घुम्न मन लागे चोभार जानुस् । चोभारमा यस्तै दृश्य देख्न पाइन्छ । चोभारको पहाड चढेर उकालो लागेपछि किर्तिपुर शहर पुगिन्छ । शान्त र खुला वातावरण रहेको चोभारबाट घरै घरले ढाकिएको राजधानी सुन्दर देखिन्छ ।
चोभारको अर्को घुम्नलायक ठाँउ मञ्जुश्री पार्क पनि हो । दक्षिणकाली जाने सडक मुन्तिर मञ्जुश्री पार्क छ । पार्क घुम्न उकालो ओरालो हिड्नु पर्छ । राजधानीबाट बाहिरिने वागमती नदि यही चोभार भएर जान्छ । यहाँ रहेको गल्छीबाट वागमती नदि वगेको हेर्न लायक देखिन्छ । चोरभारको अर्को चर्चित मञ्जुश्री गुफा हो जुन एशियाकै लामो उफामध्ये दरिएको छ ।
कसरी जाने
चोभार जान राजधानीका विभिन्न गन्तव्यबाट चल्ने सार्वजनिक बस चढ्न सकिन्छ । वल्खुबाट हिडेरै गए १५ किनेट मात्रै लाग्छ । आफ्नै सवारी हुनेलाई बल्खुबाट ५ मिनेट पनि खर्चनु पर्दैन ।

ठमेलको स्वप्न बगैचा । तस्विर ः दिपक सापकोटो/थाहा खखबर

८.स्वप्न बगैचा
काठमाडौंका बासिन्दालाई जानकारी नहुन सक्छ, घरघरैले ढाकिएको राजधानीको ठमेल क्षेत्रमा एउटा सुन्दर वगैचा छ भन्ने । यो हो स्वप्न बगैचा । जहाँ एकान्त र सुन्दरको समिश्रण भेट्न सकिन्छ ।
यहाँ चारैतिर रुखै रुख छन् । फूलहरु फुलेका छन् । वगैचामा बस्ने पेटी,हिड्ने बाटो अनि स–साना विभिन्न डिजाइनमा बनाइएका रुखहरु पनि छन् । यहाँ सुन्दर तलाउ छ । कहिलेकाँही यहाँ गुलाफ पनि फुल्छ ।
विक्रम संवत् १९७७ मा चन्द्र शम्सेरले निर्माण गरेको विभिन्न समयमा पुर्ननिर्माण गरिएको पाइन्छ । यहाँ पुरातात्विक धरोहरहरुमा प्राचिन हस्तकला र वास्तुकलाको मिश्रण रहेका छन् ।
कसरी पुग्ने
राजधानीको मुटुमा रहेको ठमेल पुग्न कुनै गह्रो छैन । विभिन्न ठाँउहरुबाट यहाँ पुग्न सार्वजनिक बस चल्छ । आफ्नै सवारी हुनेले नाराहिटी दरवारबाट पश्चिमतर्फको सडकबाट ६ सय मिटर पार गरेर दायाँतर्फ हेर्नुस्, स्वप्न बगैचा देखिन्छ ।

स्वयम्भूको रात्रीकालिन दृक्ष्य ।

९.स्वयम्भू
बौद्ध दर्शनलाई आफ्नो जीवन पद्धतीमा अनुशरण गर्ने धेरै मानिस स्वयभ्यू पुगेका हुन्छन् । राजधानी काठमाडौंको पश्चिम दिशामा अवस्थित स्वयम्भू सुन्दर छ । स्वयम्भू एउटा टापु हो । यहि टापुको माथि महाचैत्य छन् । यहाँ हिन्दु र बौद्ध संस्कृतीका संगम स्थलको रुपमा पुजा गरिन्छ । स्वयम्भू पुग्न फेदीबाट हजार सिडि चढ्नु पर्छ ।
स्वयम्भूमा बाँदरको रमाइला कृयाकलाप हेर्न लायक हुन्छन् । जंगलको बीचमा स्वयम्भूको थुम्को रहेको हुँदा तुलनात्मक रुपमा शान्त छ । यहाँबाट मौसम खुलेको बखत काठमाडौं सुन्दर देखिन्छ ।
भुकम्पपछि पुर्ननिर्माण गरिएको स्वयम्भू आजकल रमाइलो देखिन्छ । भुकम्पपछि यहाँका अनन्तपुर र प्रतातपुर,शान्तिपुर र मंगलद्वार क्षतिग्रस्त थिए ।
कसरी पुग्ने
स्वयम्भू पुग्न पनि गाह्रो छैन । राजधानीको चक्रपथका जुन कुनै ठाँउबाट स्वयम्भू पुग्ने सार्वजनिक बस पाइन्छ । नीजि सवारी हुनेलाई महाचैत्यतर्फको पुर्वी भागसम्म पुगेर हजार सिंडी चढ्ने अवसर छ भने सार्वजनिक बस चढ्नेले दक्षिणबाट उकालो लाग्न सक्छन् ।

सन्तानेश्वरकाो चौसठ्ठी लिङ्ग ।

१०. सन्तानेश्वर
राजधानीका घुम्नलायक गन्तव्यमा सन्तानेश्वर पनि हो । एक दिने छुट्टी मनाउन सन्तानेश्वर पुग्न सकिन्छ । सन्तानेश्वर मन्दिर पुग्न स्वयम्भू जस्तै झरुवाराशी फेदीबाट उकालो चड्नु पर्छ तर ठाडो उकालो भने छैन । घुम्ती पार गरेर मन्दिर जान सकिन्छ ।
मन्दिरबाट गादावरी क्षेत्र,झरुवाराशी,विशंखुनारायण,गोदामचौर,चापागाँउ ठेचो, सुनाकोठी,ठैव हरिसिद्दि,सिद्धिपुर,छम्पी,देविचौर,दलचोकीजस्ता वरपरका काँठ क्षेत्र झनै सुन्दर देखिन्छ । घरै घर नउम्रिसकेको यहाँका फँटहरु हरिया देखिन्छन् । पहाडी फेदीमा बचेकुचेका हरियाली देख्दा मनै हरहर हुन्छ ।
यहाँबाट काठमाडौं शहर विछट्टै राम्रो देखिन्छ । खुलेको मौसममा पुग्ने जो कोही हिमाल टल्केको देखेर मोहित हुन्छ । दक्षिणी काउमाडौंको भूगोल पुरै निहाल्न सन्तानेश्वर पुग्नु जरुरी छ ।
स्थानीय उद्यमीहरुी मलेर यहाँ मोनोरेल सञ्चालन गरेर मन्दिरसम्म पुग्ने व्यवस्थ ागर्न योजना बनाएर लागिपरेका छन् ।
सन्तानेश्वर मन्दिरमा चौसठ्ठी लिङ्ग स्थापना गरिएको छ ।
कसरी पुग्ने
सन्तानेश्वर जान गोदावरीको बाटो हुँदै सातदोवाटाबाट बस चढ्न सकिन्छ । नीजि सवारी साधन हुनेले सातदोवाटोबाट बाडेगाँउबाट कृष्णप्रसाद भट्टराई आश्रम हुँदै सन्तानेश्वर मन्दिरको फेरि पुग्न सकिन्छ । मन्दिर जान खोला नजिकै र दक्षिण मोहडातर्फबाट दुई वटा बाटा छन् । जुन बाटो उकालो चढे पनि मन्दिर पुगिन्छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १० : ०८ बजे