लपु संवाददाता
७ वैशाख ०७६,ललितपुर । दक्षिण ललितपुरको विकाशका लागि प्रदेश सरकारले थप वजेटसँगै नया योजना कार्यान्वयानमा लैजाने भएको छ । केही देन अघि ४ करोड १६ लाख ८० हजार बजेट विनियोजन गरेपछि विभिन्न विकाशका परियोजना अघि बढ्न लागेका हुन् ।
प्रदेशसभाका सांसद चेतनाथ सञ्जेलका अनुसार मोटरबाटो,कृषिसडक, पशुपालनलगायत योजनमा बजेट बिनियोजन भएको हो । सञ्जेलले यी योजनाहरुका लागि आफ्नो पहलमा वजेट छुट्याइएको दावी गरेका छन् ।
विनियोजित बजेट नगरपालिका, गाउँपालिकाका वडालगायत अन्य संघ संस्थाहरुले तत्काल स्थानिय सरकारको कार्यालयमा समन्वय गरी बजेट कायाँन्वयनमा जानेछन्् ।
७ बैशाख २०७६, शनिबार
0
Shares
प्रतिक्रिया