८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरबारे गीति वृतचित्र निर्माण


७ बैशाख २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
वैशाख ७,०७५,लेले । ललिलपुरको भूगोल, धार्मिक पर्यटकीय स्थलहरु समेटेर गीति वृत्तचित्र ललितपुरको चिनारी निर्माण भएको छ । ललितपुरको लेले निवासी लोक मिठाराम केसीको शव्द संगीत र गायनमा सो वित्तचित्र निर्माण भएको हो ।
यस वित्तचित्रमा प्रयोग गरिएको गीतमा स्वर दिने गायकहरुमा मिठाराम केसी, ज्ञानु केसी, रामशरण महत र हिरामाया वाइवा छन् । वित्तचित्र १० मिनेट ४ सेकेन्ट छ ।
केसीले आफ्नो वित्तचित्रमा उत्तर वागमतीदेखि दक्षिण वागमती वागमतीसम्म समेटेका छन् । उनको वित्तचित्रमा कालेश्वरदेखि कृष्ण मन्दिरसम्मका मठमन्दिर धार्मिकस्थलहरु, सास्कृतिक जनजातीलयातका विषयबस्तु समेटिएको छ ।
आफूले बनाएको वित्तचित्र ललितपुरको सम्पत्ती भएको केसीले ललितपुर खबरसँग वताए । उनले भने,‘गीति वित्तचित्रले ललितपुरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ ।’
सो गीति वित्तचित्र यहि वैशाख १३ गते लोकापर्ण गर्ने कार्यक्रम राखेको केसीले वताए ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ८ : १७ बजे