११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


ललितपुरको गीति वृत्तचित्र सार्वजनिक


१३ बैशाख २०७६, शुक्रबार  

0
Shares


लपु संवाददाता
१३ वेशाख ०७६, लगनखेल । ललितपुरको भूगोल र पर्यटकीय विकाशको अभिप्रायले निर्माण गरिएको गीति वृत्तचित्र ललितपुरको चिनारी शुक्रबार सार्वजनिक गरिएको छ । ललितपुरको लगनखेलमा आयोजित एक कार्यक्रममा शताव्दी पुरुष सत्यमोहन जोशीले वृत्तचित्रको लोकापर्ण गरे ।
गीति वृत्तचित्र ललितपुर लेलेका स्थायी बासिन्दा तथा लोक गायक मिठाराम केसीले निर्माण गरेका हुन् । केसी सो गीति बृत्तचित्रमा आफैले स्वर दिएका छन् भने लय संकलन र गीतको लेखन पनि उनी आफैले गरेका हुन् ।
गीत संगीतको माध्यमबाट ललितपुरलाई चिनाउन यो गीति वृत्तचित्र निर्माण गरेको कार्यक्रममा बोल्दै गायक केसीले बताए । उनले भने, ‘लामो समयकोे मेहनतपछि यो गीति वृत्तचित्र सार्वजनिक गरेका छौं । सबैले यसलाई ललितपुरको सम्पत्तीको रुपमा ग्रहण गरिदिनु हुनेछ भन्ने अपेक्षा छ ।’

संस्कृतीविद् सत्यमोहन जोशीले कार्यक्रममा ललितपुरको इतिहास खोतल्दै लेलेमा वि.सं. १३०० ताका राजा शिवदेव र मन्त्री अंशु वर्माको पालामा लेलेमा वाधित्य गोष्ठीका संचालन गरेर वाजा गाजा बजाउनका लािग खेत छुट्याएर गुठी संचालन गरिएको र त्यसको शिलालेख लेलेमा भेटिएको प्रशंग सुनाउदै गीत संगीतको संरक्षणमा ललितपुर अग्रभागमा रहेको तर्क गरे । उनले भने आधुनिक आलखण्डको यो गीति वृत्तचित्र संग्रह गर्न लायक दस्तावेज हो ।
कार्यक्रममा महाँकाल गाउपालिकाका प्रमुख रामचन्द्र दाहालले दक्षिणी भेगका दुर्गम पहाडी भेगमा रहेको कालेश्वर वैलर्णी धामजस्ता ऐतिहासिक पुरातात्विक महत्वको सम्पदाबारे गीति बृतचित्रमा समेटेको भन्दै हर्ष प्रकट गरे ।
कार्यक्रममा सासंदहरु नवराज सिलवाल,पम्फा भुसाल, चेतनाथ सञ्जेल,राजकाजी महर्जन,माधव पौडेललगायतको सहभागिता थियो । १० मिनेट २ सेकेण्ड लामो वृत्तचित्र प्रोजेक्टरमार्फत देखाइएको थियो ।


ललिलपुरको भूगोल, धार्मिक पर्यटकीय स्थलहरु समेटेर गीति वृत्तचित्र ललितपुरको चिनारी निर्माण भएको छ । ललितपुरको लेले निवासी लोक मिठाराम केसीको शव्द संगीत र गायनमा सो वित्तचित्र निर्माण भएको हो ।
यस वित्तचित्रमा प्रयोग गरिएको गीतमा स्वर दिने गायकहरुमा मिठाराम केसी, ज्ञानु केसी, रामशरण महत र हिरामाया वाइवा छन् । वित्तचित्र १० मिनेट ४ सेकेन्ट छ ।
वित्तचित्रमा उत्तर वागमतीदेखि दक्षिण वागमती वागमतीसम्म समटिएको छ । वित्तचित्रमा कालेश्वरदेखि कृष्ण मन्दिरसम्मका मठमन्दिर धार्मिकस्थलहरु, सास्कृतिक जनजातीलयातका विषयबस्तु समेटिएको छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ७ : १२ बजे