११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


जव सातदोवाटोको घर भत्काउन डोजर पस्यो


१५ बैशाख २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
१५ वैशाख ०७६, सातदोवाटो । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले आइतबार विहान ललितपुर लगनखेल सातदोवाटो क्षेत्रमा डोजर चलाएको छ । सशस्त्र प्रहरीको सहयता प्रयोग गरेर प्रशासनका डोजर लगाएर घरहरु भत्काएको हो । डोजरले सडक मापदण्डमा परेका घरहरु भत्काउने क्रममा झ्याल ढोका वा सटरमा हानेर विगारेको थियो । घरहरु भने पूर्ण रुपमा भत्काइउको थिएन ।
सडक वरपरका घरहरु भत्काउन डोजर पुग्दा स्थानीयहरु घरको सामानहरु हत्तार गरेर सार्न व्यस्त देखिन्थे । घरमालिकलाई सामान सार्न नदिई डोजरले घर भत्काइरहेको देख्न सकिन्थ्यो ।
ललितपुर महानगरपालिका १३ का वडाध्यक्ष सुर्दशन मिश्रले भने लामो समयसम्म पैसा लिएर पनि घरहरु नभएकाएपछि प्रशासनले भत्काएको हो ।


सातदोवाटो लगनखेल क्षेत्रमा १४ घरलाई सरकारले क्षतिपूर्ति मुआव्जा नदिएको स्थानीय राजेन्द्र श्रेष्ठले वताए । उनले भने, ‘अव हाम्रो घर भत्काउन सरकारले घरको पैसा दिएर मात्र हुदैन हामी सवोच्चको फैसला अनुसार जग्गाको पैसा नदिइ घर भत्काउन दिदैनौं ।’
४ दिनको मात्रै समय दिएर पसल खाली गर्न लगाएकोले पसलको सामान सार्न नसकेको स्थानीय मोटरसाइकल मर्मत पसलका दिलिप खड्कीले बताए ।
स्थानीय बासिन्दाहरु जेडिएको घर भत्काउदा क्षतिपूर्ति नदिएको घर समेत भत्कने भन्दै विरोधमा उत्रेका थिए । स्थानीयबासिन्दाको विरोधपछि केही जोडिएका केही घरहरु नभत्काई डोजर फर्केको थियो ।

 

 

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ५ : ४० बजे