८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘छ मायाँ छपक्कै’मा केकी र माग्ने बुढा


१६ बैशाख २०७६, सोमबार  

0
Shares

लपु संवाददाता
१६ वैशाख ०७६, काठमाडौं । राजधानीमा सोमबार हास्यकलाकार दिपकराज गिरी र दिपाश्री निरौलाको नयाँ चलचित्रको घोषणा गरिएको छ । यो चलचित्र आमा सरस्वती मुभिज र रोहित अधिकारी फिलमस्को संयुक्त व्यानरमा निर्माण हुँदैछ । फिल्मको निर्देशक भने पत्रकार तथा निर्देशक दिपेन्द्र लामाले गर्नेछन् । फिल्मको नाम छ मायाँ छपक्कै राखिएको छ ।


हरि हुमागाईको छायाङ्कन गर्ने छ मायाँ छपक्कैको निर्माता रोहित अधिकारीको रहनेछ । दिपाश्री निरौलाले यो फिल्मको सल्लाहकार निर्देशक भएर काम गर्ने राजधानीमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको छ । यस चलचित्रमा दिपकराज गिरी, केकी अधिकारी,केदार घिमिरे, जितु नेपाललगायत कलाकारहरुको अभिनय हेर्न पाइन्छ ।


राजधानीमा सोमबार आयोजित कार्यक्रममा फिल्म निर्माण घोषणा कार्यक्रममा नाटक शैलीमा कथाको अंश देखाइएको थियो ।
कार्यक्रममा दिपाश्री निरौला र केकी अधिकारी भिन्न ड्रेस अपमा सहभागी भएका थिए । हेरौ केही दृश्यहरु ः

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ९ : ४६ बजे