८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा तथ्याङ्क संकलन अन्तक्र्रिया


१७ बैशाख २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
१७ वैशाख ०७६,ललितपुर । नगर तथ्याङ्क संकलन सम्बन्धमा ललितपुर महानगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाबीच अन्तक्र्रिया भएको छ । अन्तक्र्रिया ललितपुर महानगरपालिकाले आयोजना गरेको हो ।
चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा भएको सो अन्तक्र्रियामा भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगर तथ्याङ्क संकलन सम्बन्धमा आफ्नो अनुभवको प्रतुत गरेको थियो ।
चाँगुनारायण नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत सिद्धार्थ न्यौपानेले नगर तथ्याङ्क संकलन सम्बन्धमा नगरपालिकाले गरेका गतिविधिहरु, तथ्याँङ्क व्यवस्थापन, लागत विवरणलगायतका विषयहरुमा अनुभव पस्केका थिए ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मुलुककै कान्छो नगरपालिका चाँगुनारायण र १०० वर्ष पुगेको ललितपुर महानगरपालिकाबीच नगर तथ्याङ्क संकलन सम्बन्धि अन्तक्र्रिया गर्न पाउनु खुसीको कुरा भएको वताए । मेयर महर्जनले यसवर्षदेखि वार्षिक बजेटमा नै उल्लेख गरेर वडाहरुको प्रोफाइल तयार गर्ने तथा तथ्याँङ्कहरुको संकलन गर्ने कार्यका लागि निश्चित बजेट व्यवस्थापन गरिने वताए ।
ललितपुर महानगरापालिकाकी उपमेयर गीता सत्यालले तथ्याँङ्क संकलन तथा प्रभावकारी व्यवस्थापनबाट विकासलाई प्रभावकारी बनाउन सकिने वताइन् । उपमेयर सत्यालले स्थानीय विकासको लागि तथ्याँङ्कहरुको संकलन, व्यवस्थापन गरी प्रयोगमा ल्याउनु महत्वपूर्ण काम भएको उनको तर्क थियो ।
चाँगुनारायण नगरपालिकाकाकी उपमेयर विना बाँस्तोलाले तथ्याँङ्क संकलन सम्बन्धमा महानगरपालिकासंग आएर आफ्नो नगरपालिकाका अनुभवहरु प्रस्तुत गर्न पाउँदा खुसी लागेको वताइन् । उपमेयर बाँस्तोलाले प्रारम्भिक तथ्याँङ्क संकलनका लागि सर्भेयरहरु व्यवस्थापनका लागि महानगरलाई चुनौती आउन सक्ने वताउँदै त्यसलाई सहजतापूर्वक व्यवस्थापन गर्न सुझाव दिइन् ।
अन्तक्र्रिया कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, ललितपुर महानगरपालिकाका महाशाखा प्रमुखहरु, कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ६ : ०० बजे