५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


मच्छिन्द्रनाथको रथयात्रा (फोटोफिचर)


२६ बैशाख २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
२६ बैशाख ०७६, पाटन । उपत्यकाकै लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा बुधबारबाट शुरु भएको छ । बुधबार पुल्चोकबाट गावाहाल ल्याइएको रथ विहीबार त्यहाँबाट तालेर मंगलबजार पु¥याइएको छ । रथयात्राको गावाहाल पुगेपछि बुधबार र विहीबार गावाहालबासीले भोजको आयोजना गरे ।


मंगलबजारको टंगलबाट मीननाथको रथ नःटोल पु¥याइएको थियो । मच्छिन्द्रनाथलाई पुजा प्रसाद चढाएपछि मच्छिन्द्रनाथ र मीननाथको रथयात्रा सँगै गरेर गावाहाल पु¥याइएको थियो । रथयात्रामा सहभागी हुन पाटनका हजारौं स्थानीयहरु सडकमा आएका थिए । रथयात्रामा विभिन्न टोलका बासिन्दाहरु बजाएर रमाइलो गरे । रथयात्रा ढिला गरेर ५ बजेपछि मात्रै साँझपख शुरु भएको हो ।
रथयात्राको क्रममा रथ तान्नका लागि पाटनका विभिन्न टोलका संयोजक तोकेर ज्यापु समाजले संयोजन गरेको थियो । गठी संस्थान ललितपुरको रेखदेख र व्यवस्थापनमा रथयात्रा शुरु गरिने संस्थानका प्रमुख शैलेन्द्र पौडेलले बताए ।


ललितपुरको पुल्चोकमा विधिपूर्वक यो रथ तयार गरिएको हो । शुक्रबार रथलाई तानेर पाटनको सुन्धारा र्पुयाइन्छ । रथ हरेक टाृलमा पुगेको दिन नेवारी प्रचलन अनुसार भोज दिने गरिन्छ ।
तस्विर ः ललितपुर खबर

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  १० : २३ बजे