८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउको बन्दमा प्रेसलाई अवरोध


३० बैशाख २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
३० वैशाख ०७६, चापागाँउ । सडक मर्मतको माग राखेर ४ दिनदेखि बन्द चापागाँउ सडकमा प्रेस प्रतिनिधिहरुलाई सवारीसाधन लिएर आउजाउ गर्न ठाँउ ठाँउमा अवरोध गरिएको छ । सोमबार ठेचोस्थित सिभिल होमनजिकै सडकबाट पत्रकार परिचय पत्र देखाउने पत्रकारहरुलाई वैकल्पिक बाटो प्रयोग गरेर जान भन्दै राकिएको छ भने चापागाँउ प्रहरी चौकी नजिक पनि अवरोध छ ।
चापागाँउका स्थानीय कृष्णचन्द्र महर्जनले पे्रसलाई कतै नरोकिएको बताए । उनले भन,े ‘कोही नबुझेको मान्छेले रोकेको हो कि तर प्रेसलाई रोक्ने हाम्रो नीति होइन ।’
यस सडकमा अत्यावश्यक सवारी एम्बुलेन्स र विरामीको गाडीलाई र्विवाद रुपमा चल्न दिइएको छ । दुध र तरकारीको गाडी स्कूल बसहरु समेत बन्द छन् ।
ठाँउ ठाँउमा बसेका सथानीयहरुले प्रेस प्रतिनिधिहरुलाई यहाँको पनि रिर्पोटिङ गर्न र अगाडि जान भन्दै रोकिएको एक पत्रकारले वताए । उनले भने, ‘शायद धेरैले प्रेस अत्यावश्यक सेवा हो भन्ने नबुझेको पनि हुन सक्छ । बुम तेर्साएर जाने टिभिलाई भने कतै पनि रोकिएको छैन ।’
चक्रपथबाट टाढा रहेको चापागाँउ बजारसम्म पत्रकार पुग्न दुरीको हिसावले पनि कठीन छ । पत्रकारलाई अवरोध हुनसक्ने भन्दै पत्रकारहरु त्याहाँसम्म पुग्न सकेका छैनन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ५ : १३ बजे