८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


स्थानीयले नगरपालिका छोडेर सडक विभाग घेरे


३१ बैशाख २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
३१ वैशाख ०७६,ललितपुर । सडकबाट सास्ती भोग्दै आएका ललितपुर चापागाँउका स्थानीय बासिन्दा निर्धारित नगरपालिका कार्यालय घेर्न छोडेर पाटनतिर लागेका छन् । मेयर गजेन्द्र मर्हजनले सडक बनाउने काम नगरपालिकाको नभएको वताएपछि स्थानीय बासिन्दा सडकको अख्तियार प्राप्त कार्यालय सडक विभाग पुल्चोक ललितपुर घेराउ गर्न पुगेका हुन् । स्थानीय मनोज महर्जनले घेराउ कार्यक्रममा ३ सयका हाराहारीमा
स्थानीय पुगेको वताए ।
मंगलबार विहानैदेखि चापागाँउ क्षेत्रमा सयौं स्थानीयबासी सडकमा आएका थिए । जुलुस चापागाँउबाट सिभिल होमसम्म पुगेको थियो । जुलुस सडकमा निस्किएपछि मेगर जगेन्द्र महर्जन पनि ठेचो वडा कार्यलयअघि पुगेर आफूले मात्रै सडकका लागि केही गर्न नसक्ने अभिव्यक्ति दिदै भने, ‘म तपाईहरुको साथमा छु । तपाईहरु नगरपलिका घेर्न छोडेर सडक विभाग घेर्नुस् ।’
मंगलबार विहान मेयर गजेन्द्र महर्जन लगायत स्थानीय वडा कार्यालयमा ताला लगाउने कार्यक्रम थियो ।


प्रर्दशनपछि स्थानीयसँगको भेटमा ललितपुर ३ कि सासंद पम्फा भुसालले तत्काल कालोपत्रे हुन नसक्ने बताएकी छिन् । उनले भनिन्,‘अहिले ग्राइभेल मात्रै हुन्छ । सडक कालोपत्रे हुँदैन ।’
पम्फा भुसाल र नवराज सिलवाल,उदयशम्सेर राणा पनि प्रर्दशन स्थलमा देखिएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ४ : २२ बजे