१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विप्लपका ७ कार्यकर्ता पक्राउ


१२ जेष्ठ २०७६, आइतबार  

0
Shares

काठमाडौं-मसाल जुलुसको तयारी गरिरहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ७ जना कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ३२ नरेफाँटबाट मसाल जुलुको तयारी गरिरहेका उनीहरु ४ थान प्रेसर कुकर र १ सय थानभन्दा बढी पर्चासहित पक्राउ परेका हुन् ।
उनीहरु सोमबार घोषणा गरिएको नेपाल बन्द पूर्वसन्ध्यामा मसाल जुलुसको तयारी गरिरहेका थिए । पक्राउ पर्नेमा झापाका बर्ष ३७ का आशिष तामाङ भन्ने डम्बर तामाङ, सल्यान बागचौर ४ का चित्र बहादुर ओली, भक्तपुर मध्यपुर ठिमीका ३६ वर्षीय राकेश श्रेष्ठ, ३१ वर्षीय बुद्धिबहादुर सुनार रोल्पाका ३६ वर्षीय बुद्धिलाल पुन, झापाका ५१ वर्षीय तेजराज काफ्ले र ५२ वर्षीय तेजबहादुर मोक्तान रहेका छन् ।

उनीहरुबाट ४ थान प्रेशर कुकर थान, ८ थान मोवाईल,बोराले बेरेको बाँसको भाटा ३० देखि ४० थान र १ हजार ५ सय थान भन्दा बढी पर्चा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  ११ : २५ बजे