लपु संवाददाता
१४ जेठ ०७६, मंगलबजार । वाङमय शताब्दी पुरुषसत्यमोहन जोशी बैशाख कृष्ण नवमीका दिन मंगलबारबाट तिथी अनुसार एक सय लागेका छन् । सोही अवसरमा पाटनमा उनको जन्मोत्सव विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
कार्तिक डवलीमा पाटनका ३५ टोलका सयौं महिलाहरुले सत्यमोहन जोशीको लामो जीवन र सुस्वास्थ्यको कामना गरी नामसंगीति पाठ गरेका थिए । नाम संगीतिको पाठसँगै पाटन दिनभर संगीतमय थियो ।
जन्मोत्सवको अवसर पारेर नेपाल परम्परागत बौद्ध धर्म संघले मंगलबजारस्थित कार्तिक डबलीमा बृहत आर्य नामसंगीति पाठ कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा ललितपुर महानगरपालिकाको पनि सहयोग थियो ।
कार्यक्रम अघि जोशीलाई सगुन दिएर कार्यक्रम शुभारम्भ गरिएको थियो । जोशीको जन्मोत्सव मनाउने क्रममा शास्त्रीय विधिद्धारा बज्रयान परम्परा अनुसार मंगलास्त्रोत पाठ गरिएको थियो । परिवारका साथमा दिनभर रहेका जोशीले यो उत्सवमय कार्यक्रम र सम्मानले अझै लामो समय बाच्ने रहर पलाएको विचार व्यक्त गरे ।
उनको ललितपुरको बखुम्बहालमा वि सं १९७७ वैशाख ३० गतेका दिन वावु शंकरदास र आमा राजकुमारीका जेठा छोराका रुपमा जोशीको जन्म भएको थियो ।
प्रतिक्रिया