२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भारतबाट नमस्कार गर्दै फर्किए प्रधानमन्त्री ओली (फोटोफचर)


१७ जेष्ठ २०७६, शुक्रबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
१७ जेठ ०७६, त्रिभुवन विमानस्थल । आइतबार साँझ ५ बजेर १६ मिनेटमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपि ओलि कारकेटबाट झरे । रातो कार्पेट विछ्याएको बाटो हुँदै प्रधानमन्त्री अघि बढेसँगै संघीय संसदका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री इशवर पोखरेल,नेता सुवास नेम्वाङ्ग,गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञावालीलगायतले बुकी दिएर स्वागत गरेका थिए ।


प्रधानमन्त्रीलाई नेपाली सेनाका उच्च दर्जाले स्वागत गरेसँगै सलामी दिइयो । त्यससँगै सैनिक गारदको निरिक्षण भएको थियो । प्रधानमन्त्री फर्कदै गर्दा यसपल्ट सरकारी सेवा उच्च पदस्त कर्मचारीसँग हात मिलाएको देखिएन । प्रधानमनत्री वलिले नमस्कारै गरे । अनि अघि बढे ।

विमानस्थलका कर्मचारी पत्रकार सम्मलेन हुन सक्ने भन्दै तयारी अवस्थामा थिए । तर अन्तिम समयमा प्रधानमन्त्री नबोल्ने खबर आयो । पत्रकार फर्किए ।
प्रधानमन्त्रीलगायतको सवारीको वेला विमानस्थलमा पत्रकारलगायत सबैको सवारी साधन केही समय रोकिएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  ७ : ५२ बजे