१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकार अस्थिायी शिक्षक पुर्नवाहली गर्दै


२४ जेष्ठ २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
२४ जेठ ०७६, काठमाडौं । आन्दोलनरत अस्थायी शिक्षकहरुको मागमा सहमत हुदै सरकारले अस्थायी शिक्षकहरुलाई पुर्नवाहली गर्ने भएको छ । विहीबार शिक्षा मन्त्रलयमा भएको वार्तापछि सो सहमती भएको हो । सहमती अनुसार अवकासका लागि फारम भरेकाहरुलाई पुर्नवाहली गरिने छैन ।
सरकारले पुर्नवहाली गरेको शिक्षकहरुलाई पुन परिक्षा गरेर स्थायी प्रकृयामा लैजान सहमत भएको वार्तामा सहभागी एक शिक्षकले वताए ।
सरकारले निलम्वन गरेका देश भरका शिक्षकहरु पुर्नवाहालीको माग गर्दै पुस २१ गतेदेखि आन्दोलित छन् । आन्दोलन परिचालन समितीका सहसंयोजक जीवन सुवालका अनुसार शिक्षकहरु पुर्नवाहाली लगायतको माग राखेर वैशाख २० गते देखि पर्सा जिल्लाकी नितु सिन्हा र जुम्लाकी राधा रावत ३५ दिनदेखि अनसनरत छन् ।


पुर्नवाहालीको माग राखेर शिक्षकहरु रत्नपार्कमा धर्ना बसिरहेका छन् । २६ गते र प्रावितर्फका शिक्षकहरु चैत्र ८ गतेबाट विलम्वनमा परेका थिए । सरकारले अस्थायी शिक्षकहरुलाई स्थायी प्रकृयामा लैजाने भन्दै त्यसअघि परिक्षा लिएको थियो । देशभरका २३ हजार शिक्षकमध्ये १० हजार परिक्षामा उर्तिण भएर स्थायी भएका थिए भने बाँकी १३ हजार शिक्षकहरु आन्दोलनमा उत्रेका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  ९ : ११ बजे