५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


टाहाखेल–लेले सडक विस्तारका दृश्य


२५ जेष्ठ २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
२५ जेठ ०७६, लेले । ललितपुर चापागाँउको टाहाखेल–लेले सडक खण्डको विस्तार तिव्र रुपमा भइरहेको छ । यो सडक खण्डको ५.८ किलोमिटरमा पर्ने १ हजार ९ सय १ वटा रुख काट्न सहमती भएपछि अहिले सडकको काम तिव्र रुपमा भइरहेको हो । आनन्द वन क्षेत्रको राष्ट्रिय तथा सामुदायिक वनमा रहेका खोटसल्ला,मसला, चिलाउने र काफललगायतका रुप कटान गरि सडकको तलतिर पर्खाल लगाउने काम भइरहेको छ ।


सातदोवाटोबाट लेले सरस्वती कुण्डसम्म १३ किलोमिटर ९१० मिटर सडक विस्तारको हुन लागेको हो । २०७४ सालको साउनमा टेण्डर परेको राष्ट्रिय वन र सार्वजनिक वनका कारण रुख काट्ने प्रकृयाका कारण १९ महिना काम रोकिएको थियो ।
अहिले सडक ५.५ मिटर मात्रै रहेको छ । सडकको दाया वायाँ १०÷१० मिटर सडक विस्तार हुनेछ । सडक विस्तारपछि घर बनाउदा १ मिटर पर्खाल छोडेर बनाउन पाइन्छ ।


यो खण्ड सातादोवाटो लेले सडक विस्तार योजनाकै कठीन सडक खण्ड हो । यहाँ पहरो र अग्लो भित्ता काटेर पर्खाल लगाउनु पर्छ । सडक निर्माणको क्रममा धेरै ठाँउमा ढलान पार्खाल लगाइएको छ भने कतिपय ठाँउमा ढुंगा र सिमेन्टको पर्खाल लगाउने काम भइरहेको छ ।
टाहाखेल लेले सडक खण्डको टेण्डर ४० लाख रुपैयामा लगाइएको हो । सडक विस्तार कम्पनीका इन्जिनियर किरण कार्की पैसा खर्च र कामको गणना गर्दा ७ प्रतिशत काम भएको सकिएको जानकारी दिए । उनका अनुसार मंसिरसम्म सडकमुनि पर्खाल सक्ने लक्ष्य छ ।


रुख कटानको कारण १९ महिना काम रोकिएको कारण समयमै काम सकिनेमा शंका भने अझै छ ।
हेरौं सडक विस्तारका केही दृश्यहरु ः

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार  १० : ३० बजे