लपु संवाददाता
२८ जेठ ०७६, ललितपुर । ललितपुर देविचौर निवासी विश्वनाथ तिमल्सिनाको १०८ वर्ष ११ महिना १५ मा मंगलबार निधन भएको छ । २ दिनदेखि ज्वरोले धलिएका तिमल्सिनाको मंगलबार निधन भएको रमेश प्रसाद तिमल्सिनाले बताए ।
१९६८ असार १३ जन्मिएका विश्वनाथको दिर्घरोग नभएको परिवारले स्प्रष्ट पारेको छ । उनको कान नसुन्ने समस्या भने थियो । स्वस्थ्य आहार विहारशैलीका कारण लामो उमेरसम्म स्वस्थ्य जीवन यापन गरेको परिवारश्रोतको भनाइ छ ।
२८ जेष्ठ २०७६, मंगलबार
0
Shares
प्रतिक्रिया