१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार

अपहरणपछि हत्या आरोपमा एक पक्राउ

३१ जेष्ठ २०७६, शुक्रबार  

0
Shares

महेश सिंह महतो
३१ जेष्ठ ०७६,सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनगढीमाई नगरपालिका–६ स्थित कसहा र वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाको औरही गाउँपालिका–२ को २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो ।
अपहरणम परेका यादवलाई गत फागुन ९ गते भारतको मधुवनी भुतही बलान तटबन्ध नजिक लगेर गोली हानी सख्त घाइते बनाएको र उपचारको क्रममा भारतको बिहार पटानस्थित मेडिकल कलेजमा मृत्यु भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा खत्बेलाई सिरहा नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छन् ।
फाइल तस्विर ः इन्डिपेण्डेट

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार  ९ : ४५ बजे