५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


रमणीय प्राकृतिक पार्क सिकाली


११ असार २०७६, बुधबार  

0
Shares

राजधानीनजिकै एकान्त र रमणिय ठाँउ जान मन छ ?
खोकना जानुस्
जहाँ प्रसिद्ध सिकालीको मन्दिर छ । शान्त,खुला र रमणीय चौर पनि छ । जहाँ तपाईं तनाव र थकान मेटाउन सक्नु हुन्छ ।
राजधानीबाट दक्षिणतिर बगेको वागमतीको किनारमै छ, सिकाली मन्दिर । वरिपरि फाँट छ । पारी टौदह बोसन गाँउ छ । भने यहाँबाट छम्पी र देविचौरका गाँउ बस्तीहरु देखिन्छ ।


फाँटको बीचमा खुला देबे चौर पुराना पाटी र परम्परागत मन्दिर छ । यो सिद्धिकाली मन्दिर भपभ्रंस सिकाली भएको मानिन्छ । सिकाली जात्रा आश्विन महिनाको शुक्ल पक्ष तृतीयको दिन मनाइन्छ । राजधानीको दशै मनाइदैन । यहाँ दशैं झैं सिकाली जात्रा मनाइन्छ ।

सिकाली परिसरमा धेरै फिल्महरु सुटिङ्ग हुन्छन् । कहिलेकाँही पिकनिकमा खानेहरु नाच्दै गाँउदै रमाउछन् । दिन विताउन जोडीहरु सिकाली चौरतिर भौतारिरहेका देखिन्छन् ।
खोकनाबासी सिकाली परिसर ऐतिहासिक पुरातात्विक स्थान हो भन्छन्। प्राचिन कुदेश शहर रहेको सिकाली परिसर पुरातात्विक स्थल रहेको भन्दै स्थानीयबासीले पुरातात्व विभागसँग उत्खनन गर्न अनुरोध गरिरहेका छन् ।


खोकनाबासी यहाँ १३ वर्षअघिका इनार रहेको मान्छन् । धर्मकारको मूर्ति र शिव लिङ्ग जस्तै ढुंगाको मूर्ति रहेको यो ऐतिहासिका कुदेश पुरातात्विक रुपमा महत्वपूर्ण स्थल हो भन्ने जनश्रृति छ । यस स्थललाई पुरातत्वले उत्दनन गरेको छैन ।
काठमाडौं नीजगढ द्रुतमार्गले सिकाली मन्दिरपरिसर भत्काउने भएपछि खोकनाबासी आन्दोलित छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ८ : ४८ बजे