५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गर्मीका कारण तराईको जनजीवन कष्टकर


११ असार २०७६, बुधबार  

0
Shares


महेश सिंह महतो

११ असार ०७६, सिरहा । प्रचण्ड गर्मीको कारण सिरहा सहित मध्य तथा पूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बन्दै गइरहेको छ ।
अत्यधिक तापक्रमक कारण सिरहाको बिष्णुपुर गाउँपालिका वडा २ स्थित जनता माध्यमिक बिदालयका शिक्षक प्रदिप यादवका अनुसार दुई वालिका मुर्छा परेका छन । मुर्छा पर्ने विद्यार्थीहरुमा कक्षा ६ मा अध्यनरत छात्रा निसा सदा र खुश्वु हुन् ।
गमीृको मौसममा खानपिनमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । बाहिर घाममा निस्किँदा अनिवार्य रुपमा छाताको प्रयोग गर्नुपर्ने र चिसो खानेकुराहरु काँक्रा, तरभुज खानुका साथै हरियो सागसब्जी र अत्यधिक मात्रामा पानी पिउनुपर्ने सल्लाह चिकित्सकले दिएका छन् ।
सिराहामा गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । साना बालबालिकालाई विद्यालय जान पनि गाह्रो हुन थालेको छ । मंगलबार मौसम विज्ञान तथा प’र्वाम’मान माहाशाखाको अनुसार सिराहाको तापत्र्रmम ३७ डिग्री रहेको थियो भने, यहाँको तापक्रम अहिले ४०–४१ डिग्री सेल्सियसभन्दा बढी पुगेको अनुमान छ । शनिबार यहाँको तापक्रम ४० दशमलव ३ डिग्री रह्यो ।

शुक्रबार ३९ दशमलव ५ डिग्री तापक्रम रह्यो । तापक्रम बढेसँगै आद्र्रता ५० देखि ६० प्रतिशत पुगेको स्थिति छ । गर्मी बढेसँगै यहाँको जनजीवन पनि नराम्ररी प्रभावित हुने भएको छ । गर्मी बढेसँगै विद्युत् अनियमित हुँदा जनजीवन कष्टकर बन्न थालेको छ । लोभोल्टेजका कारण पंखा, कुलर र फ्रिज चल्न समस्या हुने गरेको छ ।
गर्मीका कारण तराईका जिल्लाहरुमा सिरहा ,सप्तरी ,धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा लगायतका जिल्लाको जनजीवन निकै प्रभावित बन्दै गैरहेको छ । गर्मीका कारण यस क्षेत्रका बजार दिउँसो सुनसान देखिने गरेका छ । अस्पतालमा बिरामीको चाप बढेको छ । सिरहाको लहान,गोलबजार,मिर्चैया,बरीयारपट्टी अस्पतालका अनुसार अस्पतालमा दैनिक आउने बिरामी मध्ये झाडापखाला,जवरो,लु र गर्मीको कारण हुने विभिन्न किसिमका रोग नै बढी देखिएको अस्पताल श्रोतले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १० : ३७ बजे