११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


क्याम्पस अगाडि फोहोर फ्याकेको विरोधमा प्रर्दशन


१५ असार २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
१५ असार ०७६, भृकुटीमण्डप । राजधानीका भृकुटीमण्डप सडकमा फोहोर फ्याकेको भन्दै वाल्मिकी क्याम्पसका विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । केही दिनदेखि यस ठाँउमा फ्किएको फोहोर महानगरले नउठाएपछि दुर्गन्ध बढेको थियो भने विद्याथीहरुलाई सास्ती बढेको थियो ।


विद्यार्थीहरुले महानगरपालिका र ठेकेदारलाई तोकेरै चर्का नारा लगाए । नारावाजी संगै विद्यार्थीहरुले सडकमा फोहोर समेत बालेका थिए भने सडक अवरुद्ध भएको थियो ।
नारावाजीकै बीच मजदुरहरुले फोहोर उठाउन थालेका छन् । विद्यार्थीहरुले नारावाजी गर्न थालेपछि वरपरका स्थानीय,व्यापारी, विद्यार्थीहरु समेत रमिते बनेर हेरिरहेका देखिन्थे ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ३ : ०८ बजे