६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘आईफा अवार्ड स्थगन गर्नु गलत’


१९ असार २०७६, बिहिबार  

0
Shares


१८ असार,काठमाडौं । कार्यक्रममा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले आईफा अवार्ड कार्यक्रम स्थगन् गरेकोमा आक्रोश पोख्दै नेपाल सरकार दोषी भएको र नेपालीहरु पनि दोषी भएको प्रतिक्रिया दिए । उनले आईफा अवार्ड स्थगन गर्दा विस्तारै सुध्रन लागेको नेपाल–भारत सम्बन्ध पनि बिग्रने ठोकुवा गरे ।
दिक्षितले भारतसँग नेपालको महत्वपूर्ण सम्बन्ध रहेको सुनाए । तर, आईफा अवार्डबारे सुरुवातदेखि नै विरोध हुनु र यो विषय मन्त्रिपरिषद हुँदै संसदसम्म पुग्नु गलत भएको टिप्पणी गरे । उनले भने,‘आईफा अवार्ड नगर्न संसदीय समितिले निर्देशन दिनु गलत काम भयो । आईफामार्फत भारतसँग सम्बन्ध सुध्रिन थालेको थियो । त्यो पनि अब बिग्रिने भयो ।’
आफूहरुले सन १९९६ मा काठमाडौंमा भारतीय चिकित्सकहरुको सम्मेलन सफल रुपमा आयोजना गरेर देखाएको स्मरण गराउँदै दिक्षितले भने,‘हामीले चार हजार भारतीय चिकित्सकहरुको भव्य सम्मेलन काठमाडौंमा सम्पन्न गरेका थियौं । भारतको चिकित्सकहरुले पहिलो पटक देशबाहिर गरेको सम्मेलन थियो, उहाँहरुले आग्रहअनुसार मैले व्यवस्थापन गरेको थिएँ ।’ उक्त सम्मेलनमा नेपालले एक रुपैयाँ पनि खर्च नगरेको उनले जनाए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री एन.पी. साउदले भारतको फिल्मसम्बन्धी आईफा अवार्डबारे सुरुवातदेखि नै राम्रो छलफल तथा तयारी नगर्दा आज यो अवस्था सिर्जना भएको टिप्पणी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै साउदले आईफा अवार्ड नेपालमा गर्नुपर्छ भनेर यदि भारतीय पक्षले आग्रह गरेको भए त्यसमा नेपाल सरकारले सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे । उनले भने,‘भारतीय पक्षले यदि यस्तो आग्रह गरेको भए नेपालले त्यसको लागि आवश्यक पूर्वाधारको व्यवस्थापन र सहजीकरण गर्नुपर्ने थियो । यसमा हामीले अन्यथा लिनुपर्ने कारण हुन सक्दैन थियो ।’ नेपालको पर्यटन प्रर्वद्धन तथा विकासमा पनि उक्त अवार्ड नेपालमा हुँदा उपयुक्त हुने उनको धारणा छ ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आईफा अवार्ड नेपालमा गर्नेबारेको सम्भाव्यता अध्ययनमा नेपाल सरकार हदैसम्मको गैरजिम्मेवार देखिएको पनि सुनाए । उनले भने,‘नेपालले आर्थिक व्ययभार बोकेर अवार्ड कार्यक्रम गर्नु उपयुक्त थिएन र छैन ।’
उक्त सम्मेलनले नेपालमा राम्रो व्यापार भएको पनि दिक्षितले स्पष्ट पारे । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय स्वास्थ्यमन्त्रीको उपस्थितिमा उक्त सम्मेलन बानेश्वरको बिआईसिसी भवनमा गरेको उनले सुनाए । उनले आईफा अवार्ड सञ्चालन गर्न नेपालले पैसाभन्दा पनि ईज्जत दिनुपर्ने थियो भन्ने धारणा राखे । उनले भने,‘भारतीय चलचित्रकर्मीहरुले एउटा मुभीबाट अरवौं रुपैयाँ कमाउँछन् ।’
संसदीय समितिले अवार्ड नगर्न दिएको निर्देशनप्रति टिप्पणी गर्दै दिक्षितले समितिको निर्णय पूर्ण रुपमा गलत भएको गुनासो पोखे । उनले भने,‘अब एक एक भारतीयहरुले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण नै नकरात्मक हुन्छ । अहिलेपनि साहरुख खान र सलमान खानलाई हेर्न मेला लाग्छ ।’ नेपाल सरकारले कार्यक्रमको लागि पैसा दिन्छु भनेर लोभ्याउन खोज्नु नै गलत भएको उनको दाबी छ ।
उनले भने,‘यत्रो ठूलो अवार्ड कार्यक्रम गर्दा गृहकार्य गर्नुपर्ने थियो, तर सरकारले त्यतातर्फ ध्यान दिएन् । ओलीजीले भारतसँग सम्बन्ध बिगारेका थिए, मोदी आएपछि सम्बन्ध सपार्न खोजेका थिए । त्यही भएर यो निर्णय लिएका थिए ।’
अवार्ड कार्यक्रम नै रद्द गर्दा नेपालको ईज्जत धुमिल भएको दिक्षितको आरोप छ । उनले भने,‘यो कार्यक्रम रद्द गर्दा नेपालको ईज्जत कहाँ पुग्यो ? हाम्रो ईज्जत खत्तम भयो । यो अवार्ड नेपालमा आयोजना गर्नु भनेको सुन पार्ने कुखुरा थियो, तर हामीले कुखुरा नै काटिदियौं ।’ उनले कार्यक्रम नै रद्द गर्दा संसारभरि नेपालको बारेमा नराम्रो सन्देश जाने पनि खतरा औंल्याए । उनले भने,‘यसले पनि नेपाल भारतविरोधी छ भन्ने देखिएको छ । यो अत्यन्तै दुःखको कुरा हो ।’ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै बोल्ने गरेको र काम चाहीँ कम गरेको पनि दिक्षितले टिप्पणी गरे ।
चलचित्रकर्मी नवल खड्काले आफूहरुले आईफा अवार्ड नेपालमा हुनै हुँदैन भनेर विरोध नगरेको स्पष्ट पारेका छन् । तर, सरकारले जनताको करलाई दुरुपयोग गर्नेगरि ठूलो धनराशी खर्चिन खोजेकोले विरोध जनाएको उनले स्पष्ट पारे ।
अवार्डमा आउने पाहुनाहरुलाई स्थान, सुरक्षा र न्यानो आतिथ्यता दिनुपर्नेमा अरवौं रुपैयाँ खर्चिन खोजेर सरकारले दलालीको पराकाष्ठा नघाएको पनि खड्काको आरोप छ । उनले काठमाडौंको धुलो, हिलो र टा«फिक जाम देखाएर पर्यटन प्रर्वद्धन नहुनेपनि टिप्पणी गरे ।
खड्काले सम्झौतामा नै नेपाल सरकार उक्त अवार्ड गर्न लालायित भएको भनेर लेखिएकोमा पनि सुनाए । उनले भने,‘नाकाबन्दी भयो भन्ने नसक्ने सरकार किन यो अवार्ड गर्न लालायित भयो ? हाम्रो प्रश्न छ ।’ आईफाको लागि खर्चिन खोजिएको एक अर्व रुपैयाँ खप्तडमा बाटोघाटो बनाउन खर्चिने हो भने पर्यटनको राम्रो विकास हुने पनि उनको धारणा छ ।
खड्काले नेपाली कलाकारहरु उपचार नपाएर मरिरहेको अवस्थामा सरकारले वास्ता पनि नगरेको तर भारतीय कलाकारहरुसँग सेल्फी खिचाउन र उनीहरुको अगाडि भाषण गर्न अरवौं रकम खर्चिन खोज्नु गलत भएको सुनाए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ८ : २५ बजे