२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भट्टेडाँडाको अवैध खानीलाई कारवाहीको पहल कर उठाउनले नै गर्नुपर्ने


२५ असार २०७६, बुधबार  

0
Shares

केही समयघि छवेलीमा सडक किनारमा वालुवा उत्खनन गरेपछि झरिले खोलेको कान्लो । तस्विर ः ललितपुर खबर


लपु संवाददाता
२४ असार ०७६, ललितपुर । वागमती गाँउपालिकाले ललितपुरको भट्टेडाँडा आसपास वालुवा उत्खननका लागि कर उठाउने प्रयोजनका लागि टेण्डर आह्वान गर्दा ठेकेदार कम्पनीले नै उत्खनन गर्ने विरुद्ध कारवाही प्रकृया अघि बढाउने शर्त सहितको टेण्डर सूचना निकालेको छ । आगामी आर्थिक वर्षका लागि वालुवा,ढुंगा,माटा,गिटी र ग्राइभेल उत्खनन गर्न र बिक्रि वितरण गर्न कर प्रयोजनका लागि वागमती गाँउपालिकाले टेण्डर आह्वान गरेको हो ।
टेण्डर सूचनामा शर्तको १९ बुदामा ‘नदीको किनारबाट भूक्षय हुनेगरी डिल, भिर, भित्तो खनन् खोरस गरी ढुंगा गिटी बालुवा ग्रावेल, भरान (माटो) निकाल्न रोक लगाउनु पर्नेछ । त्यसरी निकालेको पाइएमा उक्त कार्य गर्ने ढुवानी साधनहरुलाई सम्बन्धीत निकायमा आवश्यक कारवाहीका लागि ठेकेदारले पहल गर्नुपर्नेछ ।’लेखिएको छ

टेण्डर सूचना निकाल्दा टेण्डर लिनेले नै अवैध उत्खनन रोक्नु पर्ने शर्त राखिएको छ । अवैध उत्खनन गर्नेलाई कारवाहीको पहल पनि ठेकेदार कम्पनीलाई नै दिइएको छ ।
टेण्डर सूचना अनुसार २ करोड ७६ लाख न्युनतम् रकम तोकेको छ भने कर उठाउने फमले ३० लाख ६६ हजार ६ सय ७६ क्युव फिट निर्माणजन्य बस्तुमा ९ रुपैयाको दरले कर लगाउन पाउने सिमा तोकेको छ ।
वागमती गाँउपालिकाका अध्यक्ष विरबहादुर लोप्चन भने ठेक्कामा कर उठाउनेले कारवाही प्रकृया अघि बढाउने नभई त्यो जिम्मेबारी गाँउपालिकाको भएको बताए । उनले भने,‘अवैध रुपमा वालुवा,ढुंगा र माटो निकालेको पाइए सूचना दिनु पर्ने प्रावधान राखिएको होला । के रहेछ म बुझ्छु ।’
टेण्डर प्रकृयाको प्रावधान प्रमुख कार्यकारीले राख्ने भएकाले आफूलाई यसबारे केही थाहा नभएको वडाध्यक्ष विष्णु तिमल्सिनाले वताए । उनले भने, ‘वोर्डको निर्णय अनुसार टेण्डर गरिएको हो । अरु थाहा भएन ।’

गाँउपालिकाका प्रमुख प्रसाशकीय अधिकृत युवराज आचार्यले टेण्डर सूचना निकाल्दा शर्तहरु गाँउपालिकाले नै बनाउने बताए । उनले भने,‘जिल्ला समन्वय समिती र गाँउपालिकाको अध्यक्षतामा २ वटा अनुगमन हुने व्यवस्था भए पनि ठेकेदारलाई पनि उत्तरदायी बनाउन यस्तो प्रावधान राखिएको हो । हामी पनि अनुगमन गरिहाल्छौं ।’

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ८ : ४८ बजे