लपु संवाददाता
१ श्रावण ०७६, ललितपुर । ललितपुर महानगरपालिको चौथो नगरसभाबाट आर्थिक वर्ष०७६∕७७ को ५ अर्ब ३१ करोड ४३ लाख ५७ हजार बराबरको बजेट पारित भएको छ । नगरपालिकाको मंगलबार आयोजना भएको नगरसभाबाट यो बजेट पारित गरिएको हो ।
विकास सूचकांकको आधारमा महानगरपालिकाले वडाहरुलाई ३ प्रकारमा विभाजन गरेर बजेट छुट्याएको नगरसभामा नगर प्रमुख चिरिवावु महर्जनले जानकारी दिए । पहिलो श्रेणीमा रहेका वडाहरुलाई १ करोड ६५ लाख रकम छुट्याइएको छ । दोस्रो श्रेणीका वडाहरुलाई दुई करोड राखिएको छ भने तेस्रो श्रेणीका वडाहरुलाई दुई करोड ७५ लाख राखिएको छ ।
तस्विर श्रोत ः ललितपुर महानगर
१ श्रावण २०७६, बुधबार
0
Shares
प्रतिक्रिया