१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


२० हजार ईन्जिनियरहरुको दुर्घटना विमा हुने


२ श्रावण २०७६, बिहिबार  

0
Shares

२ साउन ०७६, काठमाडौं । २० हजार ईन्जिनियरहरुको सामूहिक दुर्घटना विमा गरिने भएको छ । ईन्जिनियर्स एशोसिएसनले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । साउन २ र ३ गते दुई दिन ५७ औं ईन्जिनियर दिवस मनाउने सम्बन्धि कार्यक्रममा एशोसिएसनका महासचिव ई. छविराज पोख्रेलले ईन्जिनियरहरु देशको महत्वपूर्ण जनशक्ति भएकोले उनीहरुलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘यो पेशा जोखिमयुत्त पेशा हो ।’

५७ औं ईन्जिनियर दिवस प्रधानमन्त्री केपी शर्मा ओलीले असार ३ गते विहान ११ बजे उद्घाटन गर्ने जानकारी गराएको हो । काठमाडौमा प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह र काठमाडौं बाहिर प्रदेश राजधानीस्थित एशोसिएसनका प्रादेशिक कार्यालयहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगरमा समेत विविध कार्यक्रम गरि उक्त दिवस मनाउन लागिएको एशोसिएसनका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यले जानकारी दिए ।

अध्यक्ष बज्राचार्यका अनुसार उक्त दिवसलाई भव्य रुपमा सफल तुल्याउनको लागि ‘‘गोदावारी स्टिल्स’’ले मुख्य प्रायोजनको भुमिका निर्बाह गर्ने भएको छ । त्यस्तै, वसरमा मुख्य आकर्षणको रुपमा ईन्जिनियर समुदायको तर्फबाट समाज तथा राष्ट्रका लागि उत्कृष्ट योगदान पु¥याएका ईन्जिनियर÷आर्किटेक्ट तथा संस्थालाई लाईफ टाईम एचिभमेन्ट अवार्ड (पाँच जना सदस्यहरुले संयुक्त सिफारिश गरि पठाउनुपर्ने), डिस्टिंग्युस्ड अन्टरप्रन्युरसिप अवार्ड, सहिद ई. नवराज बिष्ट स्मृति अवार्ड, आउटस्ट्याण्डिङ् युथ प्रोफेशनल अवार्ड, आउटस्ट्याण्डिङ वुमेन ईन्जिनियर अवार्ड, र ईन्जिनियर्स एप्रिसिएशन अवार्ड गरि विभिन्न ६ विधामा अवार्ड पनि प्रदान गरिने एशोसिएसनले जनाएको छ । अवार्डको लागि स्वतन्त्र समितिले नाम छनौट गरिरहेको र भोलि दिवसकै दिन सार्वजनिक गर्ने अध्यक्ष बज्राचार्यले बताए ।

एशोसिएसनले विकासका कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्ने इन्जिनियरहरुको सेवालाई अधिकारसम्पन्न बनाउन सरकारले काम गर्नुपर्ने पनि माग गरेको छ । एशोसिएसउनले यस वर्षको ईन्जिनियर दिवसको मूल नारा “समृद्ध नेपाल निर्माणका लागि ईन्जिनियरिङ सेवा” तय गरेको छ ।

अध्यक्ष बज्राचार्यले जबसम्म मुलुकमा प्राविधिक जनशक्तिको सेवाको सम्मान तथा दक्षताको उचित सम्बोधन गरिदैन तबसम्म मुलुकको पूर्वाधारलगायत आर्थिक तथा सामाजिक विकास संभव नभएको जिकिर गरे ।

ईन्जिनियर्स दिवसको उपलक्ष्यमा एशोसिएसनले गत शनिबार एशोसिएसनको आफ्नै कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ भने काठमाडौंस्थित् युएन पार्क परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

राज्यले ईन्जिनियरहरुलाई विश्वास र साथमा लिएर काम गर्नु पर्ने पनि उनले बताए । उनले सरकारले बजेट र नीति तथा कार्यक्रममा पनि ईन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने भनिसकेकोले त्यसमा खुशी व्यक्त गरे ।

एशोसिएनका अनुसार २० हजार ईन्जिनियरको गरिने दुर्घट्ना विमा नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय विमा कम्पनी लिमिटेडसँग गरिने भएको हो । विमांक दश लाख रहनेछ भने प्रिमियम पचास लाख तिर्नुपर्नेछ । तर, आफूहरुको चाहना विमा दाबी गर्न नपरोस भन्ने रहेको पनि अध्यक्ष बज्राचार्यले सुनाए । अहिलेलाई एशोसिएसनले नै प्रिमियम तिरिदिने भएको छ ।

कार्यक्रममा उक्त दिवसको मुख्य प्रायोजन रहेको गोदावारी स्टिल्सका निर्देशक पंकज कर्णले भोलिको कार्यक्रम सफल होस भन्ने शुभकामना दिए । उनले गोदावारी स्टिल्स गत वर्षमात्रै स्थापित संस्था भएको र यसले पूर्वाधार क्षेत्रमा टेवा पुर्याउन राम्रो र गुणस्तरीय उत्पादन गर्दै आएको सुनाए । उनले नेपाल ईन्जिनियर्स एशोसिएसनसँग यसैगरि साथ र सहकार्य सधैं चलोस भन्ने आफूहरुले चाहेको सुनाए ।

तस्विर ः nepalijob.com

प्रकाशित मिति : २ श्रावण २०७६, बिहिबार  ८ : ३५ बजे