६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वन बन्दै बगर


६ श्रावण २०७६, सोमबार  

0
Shares

वृक्षारोपण गर्दै स्थानीय

भुपेन्द्र वली
६ साउन ०७६,दाङ । खास्सै चहलपहल नहुने घोराही उपमहानगरपालिका ५ खैरा कचिलास्थित बबइ नदीको किनारमा सोमबार बिहान भने मान्छेहरुको घुँइचो देखिन्थयो । उपमहानगरपालिकाका जनप्रतिनिधि, जिल्लाका सुरक्षाकर्मी, लाहुरे बन्न तालिमरत युवाहरुलगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरुको जमात नदी किनारमा थियो । बबई नदीको बगर क्षेत्रमा करिब एक हजारको हाराहारीमा मान्छेहरु थिए । ति मान्छेले बबई नदीले बनाएको बगरलाई वनमा रुपान्तरण गर्न सो क्षेत्रमा वृक्षारोपण गरेका छन । घोराही उपमहानगरपालिका र डिभिजन वन कार्यालय दाङको सहकार्यमा १५ बिघाहा क्षेत्रफलमा १५ हजार विभिन्न जातका बिरुवा रापिएको छ । सम्भवतः नेपालमै पहिलोपटक एकै दिनमा एकै स्थानमा यति ठुलो मात्रामा वृक्षारोपण गरिएको हो । उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बहुआयामिक फाइदाका लागि वृक्षारोपण कार्यक्रमलाई अघि बढाइएको जानकारी दिए । ‘ यति ठुलो जनशक्ति परिचालन गरी १५ हजार बिरmवा रोप्ने काम सम्भवतः नेपालमै पहिलोपटक गरिएको छ । ’ चौधरीले भने ‘ यसले यो क्षेत्रको जलवायु अनुकुलन , पर्यटन प्रवद्र्धन र नदीको कटान रोकनेमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरेका छौं । ’ चौधरीले खेर गइरहेको बगरलाई उत्पादनमुलक बनाउनका लागि पनि यस किसमको अभियानको थालनी गरिएको र उपमहानगरपालिकाका अन्य नदी क्षेत्रमा पनि स्थानीय सँगको सहकार्यमा बृहत वृक्षारोपण कार्यक्रमलाई अघि बढाईने जानकारी दिए । सोमबार स्थानीय, जनप्रतिनिधि, द व्रेभ गोर्खा, द लोटस गोर्खा, र स्यालुट गोर्खाका खैरा कचिला सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरेका हुन ।

वृक्षारोपण गर्दै प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालयका प्रमुख तथा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत


साढे लाख ८ लगानी
सो क्षेत्रमा वृक्षारोपणका लागि डिभिजन वन कार्यालय दाङले साढे ८ लाख रुपैया लगानी गरेको छ । कार्यालयका प्रमुख दिपक ज्ञवालीले जिल्लाभरी ४० हेक्टर नदीले बगर बनाएको ४० हेक्टर जमिनमा यस किसमको बृहत वृक्षारोपण अभियानलाई अघि बढाइएको र घोराहीमा मात्र २९ हेकटरमा वृक्षारोपण गरिने जानकारी दिए । खयर, सिसौ जस्ता बहुआयामिक फाईदा हुने बिरुवा शुरुवाती चरणमा रोपिएको जानकारी दिँदै उनले स्थानीयले आर्थिक उपार्जन हुने खालका बिरुवा पनि रोप्न सक्ने बताए । ‘ नदी क्षेत्रमा रmख रोप्दा त्यसले बहुआयामिक फाइदा पुर्याउछ । यसका लागि स्थानीय नै सक्रिय हुन आवश्यक छ । ’ उनले भने ‘ स्थानीय संग सहकार्य गरी जिल्लाका अन्य क्षेत्रमा पनि यस्ता किसमका कार्यक्रम गरिनेछ । ’ घोराही उपमहानगरपालिकाका शाखा अधिकृत प्रेम केसीले कृत्रिम जलाशय र बृहत वृक्षारोपण कार्यले भविष्यमा खानेपानी, चरिचरन, तथा पर्यटकीय गतिविधि समेत आकर्षित गर्ने गरी उपमहानगरपालिकाले काम अघि बढाइरहेको बताए ।

वृक्षारोपण कार्यक्रमको उदघाटन गर्दे मेयर नरुलाल चौधरी


संरक्षणको चिन्ता
बृहत रुपमा वृक्षारोपण कार्यक्रम गरिएतापनि हाल ति रोपिएका बिरmवालाई संरक्षण गर्नेमा भने सरोकारवालको चिन्ता देखिन्छ । सोमबार खैरा कचिला क्षेत्रको बबई नदी किनारमा रोपिएको बिरुवालाई संरक्षणमा गर्ने भन्नेमा आफुहरु चिन्तित रहेको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए । हाललाई वृक्षारोपण गरिएको क्षेत्रमा वरिपरी तारजाली गरिए पनि त्यसबाट मात्र संरक्षण हुन नसक्ने उनले बताए । ‘ उपमहानगरापालिकाले दिनदिनै गएर संरक्षण गर्न सक्ने अवस्था छैन । यसका लागि स्थानीयले नै पालो प्रणाली वा सामुदायिक परिचालन मार्फत बिरुवाको संरक्षण गर्न आवश्यक छ । ’ केसीले भने ‘ हाल रोपिएका बिरुवाले दिर्घकालिन रुपमा फाइदा पुर्याउछन । संरक्षण भएमा उपमहानगरापलिकाले आगामी दिनमा पनि सहयोग जारी राख्नेछ ।’

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : ४४ बजे