![](https://i0.wp.com/www.lalitpurkhabar.com/wp-content/uploads/2019/07/clounth-bank-shyam_thapa-768x501.jpg?resize=720%2C470&ssl=1)
लपु संवाददाता
१२ साउन ०७६, जावलाखेल । अनामनगरमा खुलेका कपडा बैंककोे सिको गरेर ललितपुर जावलाखेलमा पनि त्यस्तै कपडा बैक सञ्चालनमा ल्याइएको छ । यहाँ बैंकमा पैसा जम्मा गरे जसरी नै कपाड राख्न सकिन्छ । तर पैसा भने पाइन्न । यहाँ जो कोहीले कपडा राख्न र लैजान पाउछ । त्यो पनि सित्तैमा ।
केही दिनअघिबाट काठमाडौंको अनामनगरमा हन्डेडस् ग्रुपले कपडा बैक सञ्चालन गरेको थियो । जावलाखेलका स्थानीय श्याम थापाले यो बैंक खोलेका हुन् ।
न्युन आय भएका परिवार र कपडा अभावको समस्या भोगिरहेका वालवालिकाका लागि यो बैंक उपयोगी हुने थापा बताउछन् ।
यहाँ कपडा मात्रै नभएर दानविरले खेलौना र कपीकलम र चित्रकलाका सामान पनि राख्न सक्नेछन् । शहर भित्रका न्युन आय भएका विद्यालय पढ्ने वालवालिकाहरु पठन पाठनमा समस्या नआयोस भनेर कपडासँगै विद्यार्थीहरुका लागि उपयोगी सामाग्री पनि रनखिएको थापा बताउछन् ।
प्रतिक्रिया