१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चीनियाँ स्याउ खान अयोग्य


१४ श्रावण २०७६, मंगलबार  

0
Shares

१४ साउन ०७६, काठमाडौं। आजकल बजारमा पाइने चिनिया स्याउ स्वास्थ्यका लागि हानिकारक रहेको जानकारीमा आएको छ । बढ्दो माग रहेको चिनियाँ स्याउको विषादी परिक्षण नै नगरी नेपाली बजारमा भित्रिने गरेको तथ्य खुलेको हो । विना परीक्षण खाइने स्याउ स्वास्थ्यका लागि हानिकारक हुने डाक्टरहरुको भनाई छ ,
केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख काञ्चनराज पाण्डेले चिनिया स्याउ हालसम्म परीक्षणका लागि प्रयोगशालामा नआएको जानकारी दिए । ‘हामी बोर्डरमा पुग्दैनौँ । भन्सार विन्दुबाट सम्बन्धित निकायले नपठाएसम्म हामीले परीक्षण गर्न सक्दैनौँ । हालसम्म परीक्षण भएको छैन ।’ उनको भनाई यस्तो छ ।
सरकारले विषादी परीक्षणको जिम्मा कृषि विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालालाई जिम्मा दिएको छ । केन्द्रीय कृषि प्रयोगशाला मातहत परीक्षण गर्ने ७ निकाय छन् ।
प्रदेश १ को विर्तामोड, दुईको सर्लाहीको नवलपुर, प्रदेश तीनको कालीमाटी, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र सुदूरपश्चिम प्रदेशको अत्तरिया, नेपालगञ्जमा विषादी परीक्षण हुन्छ ।

सरकारले यो नाकामा विषादी परीक्षणको व्यवस्थित ल्याब स्थापना गरेको छैन । चिनीया स्याउ निर्यातको प्रमुख देशमध्ये नेपाल पनि एक हो । झट्ट हेर्दा आकर्षक देखिने चिनिया स्याउ नेपाली बजारमा बढी मुल्य पर्छ । यस्ता स्याउ आर्कश देखेर नेपाली उपभोक्तले मन पराएर किन्ने गरेका छन् । चिनिया स्याउको रसुवागढी केरुङ नाकाबाट मात्रै गत आर्थिक वर्ष ०७५र०७६ मा ३ अर्ब २६ करोड ८५ लाख १९ हजार २ सय रुपैयाँको मुल्य बराबरको स्याउ नेपालमा आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाका प्रमुख एवं वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदिप घिमिरेले जानकारी दिए ।

गत जेठ १५ मा खुलेपनि तातोपानी नाका सञ्चालनमा नरहेकाले हाल केरुङनाकाबाट मात्रै चिनिया स्याउ आयात हुने गरेको छ । केरुङ नाकाबाट विभिन्न समयमा मनाइने चाडपर्व लक्षित गरी स्याउको आयात बढी हुने गरेको कार्यालय प्रमुख घिमिरेको भनाइ छ ।

क्वारेन्टिन कार्यालयको तथ्याङक अनुसार यस नाकाबाट गत साउनदेखि असार मसान्तसम्म ३ अर्ब २६ करोड ८५ लाख १९ हजार २ सय रुपैयाँको ४ करोडको ८ लाख ५६ हजार ४ सय ९० किलो स्याउ आयात भएको छ ।

गत आर्थिक वर्षको साउन महिनामा ११ लाख ४२ हजार ६ सय २९ , भदौमा १० लाख ५५ हजार तीन सय ८२ असोज मा ४३ लाख २८ हजार चार सय ६५ , कम्तिमा ४० लाख २५ हजार तीन सय ३० , मंसिरमा २७ लाख ८९ हजार आठ सय तीन , पुस महिनामा २९ लाख ९६ हजार तीन सय ५० , माघ महिनामा २६ लाख ११ हजार चार सय ३० केजी स्याउ आयात भएको छ ।

यस्तै फागुनमा ४६ लाख ५६ हजार एक सय ७० चैत्रमा ४७ लाख २२ हजार सात सय ९० , वैशाख मा ५६ लाख १५ हजार ६ सय ३४ र जेठमा ५५ लाख नौ हजार एक सय ५७ केजी आयात भएको हो । गत असारमा १४ लाख ३ हजार ३ सय ५० किलो स्याउ आयात भएको थियो ।

यस नाका बाट भित्रनेमा सब भन्दा बढी चिनियाँ स्याउ रहेको छ भने दोस्रो सबैभन्दा बढी भित्रिनेमा लसुन रहेको छ । केरुङ नाकाबाट तयारी कपडा, विद्युतीय सामाग्री, कस्मेटिक सामानका कन्टेनरहरु पनि नेपाल भित्रिन्छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : २८ बजे