९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन दरवारमा बाँदर आतंक


१७ श्रावण २०७६, शुक्रबार  

0
Shares


लपु संवाददाता
१७ साउन ०७६, मंगलबजार । पशुपतिनाथ मन्दिर, स्वयम्भू स्तुपामा हुलका हुल बाँदर त देखिएकै हो । तर पछिल्लो दिनमा पाटन दरवार परिसरमा पनि बादरको चहलपहल बढेको छ ।
पाटन दरवार संग्रालयका संग्रालय अधिकृत सुरेश लाखेका अनुसार दरवार र मन्दिरको छानामा बाँदर दौडिदा छानाको टायल झरेर छानाबाट बर्षामा पानी चुहिन थालेको छ ।
लाखेले भने, ‘आज कल कर्मचारीहरुले गुलेली हानेर बाँदर नधपाउने हो भने बाँदर उफ्रेर हैरान हुन्छ । कहिले काँही कोठैमा आएर हैरान गर्छ ।’
दरवार भित्रको केशवनारायण चोक र मुलचोकवरपरका दरवार र मन्दिरका छानाहरु बनाएको एक दुई वर्ष मात्रै भयो । तर अहिले बाँदर उफ्रेर छाना पहिले झै भइसक्यो । लाखे भन्छन्, ‘छाना फेरि बनाउनु पर्ने भइसक्यो ।’
मन्दिरका छाना भक्तपुरका अवालेले मात्रै मिलाउन जान्दछन् । यो छाना बनाउन र मिलाउन अन्य कालिगढ निपूर्ण छैनन् ।
पाटन दरवारमा पहिले बाँदर थिएन । आठ नौ महिना अघिदेखि याहाँ बाँदर देखिन थालेको हो ।
पाटन दरवार परिसरमा महानगरपालिकाले सञ्चालन गरेको पर्यटक टिकेट काउण्टरका कर्मचारी रिकेश महर्जन विहान र बेलुका छाना चढ्ने गरेको वताउछन् । उनी भन्छन्, ‘पहिले भन्दा बाँदर बढ्दै छन् ।’
दरवारपरिसरमा भेटिएका मंगलबजारमा विक्रम श्रेष्ठले बस्तीमा बादर पस्ने डर रहेको बताए । उनले भने, ‘कहिले काँही बटुवाको खाजा खोसेको देखिन्छ । अव याहाँ पनि पशुपतिको झै बाँखर आतंक फैलिने डर छ ।’

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ८ : ४० बजे