१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलिले गाँठो फुकाएपछि विद्युतीय यातायात सञ्चालन


१७ श्रावण २०७६, शुक्रबार  

0
Shares

१७ साउन ०७६, काठमाडौं । सुन्दर यातायातले भदौको पहिलो साता भित्र विद्युतीय सार्वजनिक यातायात शुरु गर्ने भएको छ । १७ साउनमा रिपोर्टर्स क्लब नेपालमा वेवसाइट विमोचन गर्दै यातायातले काठमाडौं उपत्यकाभित्र विद्युतीय यातायात संचालनमा ल्याउन लागेको जानकारी दिएको हो ।
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले शुरुमा काठमाडौं उपत्यकाको रिङरोडमा विद्युतीय बस संचालन गर्ने र पछि देशभर विस्तार गर्ने योजना सुनाए । उनले भने,‘भदौंको पहिलो हप्ताभित्र विद्युतीय बस संचालनमा ल्याउँदैछौं ।’ बसका लागि चार स्थानमा विद्युतचार्ज गर्ने स्टेशन समेत राखिने बताए । विद्युतीय बसको भाडा अनलाइनबाटै तिर्न सकिने जानकारी दिए । अग्रिम रकम तिरेर कार्ड लिई बस चढ्न सकिने बताए ।
इातायात संचालनमा निकै अवरोध खडा भएको सुनाए । बाधा अवरोध फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष निर्देशन दिएको बताए । अवरोधका बाबजुद काम शुरु गर्न लागेकोमा सबैको सहयोगको आशा गरेको बताए ।
कार्यक्रममा सुन्दर यातायात प्रा.लि.को वेवसाइट समेत विमोचन गरियो । काठमाडौ महानगरपालिका प्रमुखप्रशासकिय अधिकृत केदार न्यौपानेले दीप प्रज्वलन गरी वेभ साइटको विमोचन गरेका थिए । उनले यातायात संचालनपूर्व निकै अवरोधहरु पन्छाउनु परेका अनुभव सुनाए । अवरोधका बाबजुद यातायात संचालनमा आउन लागेकोमा सफलताको कमना गरे ।
यातायात व्यवस्था विभागका निर्देशक प्रेम कुमार सिहले विद्युतीय सेवा सर्वशुलभ र सस्तो हुने भएकाले यसलाई प्रोत्साहित गरिने बताए । विभागले यातायात क्षेत्रमा राम्रो कार्य गर्न लागेको भन्दै सुन्दर यातायातको प्रशंशा गरे ।
विद्युतीय सवारी साधनसम्बन्धी जानकार शैलेन्द्र बहादुर थापाले विद्युतीय यातायातको विशेषताबारे जानकारी दिए । देशको अर्थतन्त्रमा मात्र नभई वातावरणमा समेत यसले फाइदा पुग्ने जानकारी दिए ।
कार्यक्रममा सुन्दर यातायातका संचालक सुरेश पोखरेलले आगामी योजनाबारे प्रकाश पारेका थिए । संचालक मनिता जीसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सुन्दर यातायातले विद्युतीय बस सेवा संचालन गर्न लागेकोमा दिएको शुभकामना पढेर सुनाएकी थिइन् ।
कार्यक्रममाकान्तिपुर एफएमकानिर्देशकदिनेश डि.सी.ले सुन्दर यातायातप्रा.लि को कदम सेवामूलक र भरपर्दो हुने विश्वास व्यक्त गरे । काठमाडौ महानगरपालिकानगर प्रहरी महाशाखाकाप्रमुखधनपति सापकोटााले शुभकामनामन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ७ : ३३ बजे