४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मध्यरातमा प्रधानमन्त्री सिंगापुर प्रस्थान


१८ श्रावण २०७६, शनिबार  

0
Shares

सिंगापुर उड्नअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्विर ः ललितपुर खबर

१८ साउन ०७६, काडमाडौं । प्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राती १० बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट सिंगापुरतर्फ लागेका छन् ।ओलीले सिंगापुरको स्वास्थ्य परीक्षण गराउने छन् ।
उनी सिंगापुरको नियमित उडान सिल्क एअरको विमानबाट एकोनोमी क्लासमा बसेर त्यसतर्फ प्रस्थान गरेका हुन । प्रधानमन्त्रीको त्यहाँको नेशनल युनिभर्सिटी हस्पिटल एनयुएच स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम छ ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले नियमित रुपमा स्वास्थ्य परिक्षण गराउदै आएका छन् । उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । केही समय अघिदेखि स्वास्थ्यमा सामान्य समस्या आएपछि प्रधानमन्त्री ओली आराम गरिरहेका थिए ।
प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, निजी चिकित्सक डा. दिव्यसिंह शाह र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत छन ्। प्रधानमन्त्री ओलीको यहि २४ गते राती स्वदेश फर्कने कार्यक्रम छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भ्रमण विशुद्ध पारिवारिक भएको बताएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  १० : ५८ बजे