४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अव ट्याक्सी चढ्न पठाओ


२४ श्रावण २०७६, शुक्रबार  

0
Shares


२४ साउन ०७६,काठमाडौं । नीजि मोटर साइकललाई ट्याक्सी झैं भाडामा लगाएर विवादमा आएको पठाओ कम्पनीले अव ट्याक्सीलाई पनि मोवाइल एप माार्फत चलाउन शुरु गरेको छ । शुक्रबारबाट राजानीका २ सय ट्याक्सी मोवाइलको पठाओ एप डाउनलोड गरेर सुविधा लिन सकिने कमप्नीले वताएको छ ।
कम्पनीका बजार प्रबन्धक सुरक्षा हमालका अनुसार यसअघि नै ती ट्याक्सीसँग सम्झौंता गरेर तालिम दिईउको छ । पठाओ एप मार्फत बुकिङ्ग गर्ने ग्राहकले मिटरमै ट्याक्सी चढ्न पाउनेछन् । तर चालक प्रोत्साहन बापत यात्रुले प्रतियुनिट १ रुपैया तिर्नु पर्नेछ ।
पठाओ एप मार्फत ट्याक्सी बुकिङ्ग गर्दा आवश्यकत्ता अनुसार सझिलै ट्याक्सी उपलव्ध हुने कम्पनीको दावी छ । कम्पनी एक प्रतिनिधि भन्छन्, पठाओ मार्फत ट्याक्सी चढ्दा यात्रुलाई पनि फाइदा छ । ट्याक्सी चालकले यात्रु खोज्दै भौतारिनु पर्दैन । सझिलै पठाओको एपबाट यात्रु सम्पर्कमा आउछन् ।
पठाओमार्फत यात्रुले ट्याक्सीलाई रिक्वेस्ट पठाएपछि नजिककैका ट्याक्सीले एसेप्ट गरेर फोन गर्न सक्छन् । ट्याक्सी जोज्नेलाई पनि सझिलो हुन्छ भने चालकलाई पनि सझिलो ।
कम्पनीका अनुसार ट्याक्सी चालकको सबै विवरण पठाओ कम्पनीसँग हुने हुँदा यात्रु सुरक्षित महसुस गरेर ट्याक्सी चढ्न ढुक्कसँग चढ्न सक्छन् । यात्रुले ट्याक्सीमा सामान छोडेर गए भेट्उान पनि सझिलो हुन्छ । अन्य सुरक्षाको सवालमा ढुक्क हुन कम्पनीले आग्रह गरेको छ ।
पठाओको ट्याक्सी सेवा चौविसै घण्टा उपलव्ध हुनेछ । कम्पनीले चाडै नीजि कार सेवा सुचारु गर्न लागेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १२ : २७ बजे