८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ब्रुमर सञ्चालन


२४ श्रावण २०७६, शुक्रबार  

0
Shares

२४ साउन ०७६, पुल्चोक । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले शुक्रबार विहान ललितपुरको पुलचोकमा केही दिन अघि ल्याइएको ब्रुमर अगाडि रिवन काटेर २ वटा ब्रमरको उद्घाटन गरेका छन् ।
ललितपुर महानगरपालिकालाई धुलोरहित बनाउने खरिद गरिएको २ वटा ब्रुमर संचालनमा ल्याइएको मेयर महर्जनले कार्यक्रममा बताए ।
इटालीमा बनेको यस ब्रुमरकोमूल्य ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँ परेको बताइएको छ ।
नेपाली आयातकर्ता जेनटक मार्फत बोलपत्र आह्वान गरी खरिद गरिएको अत्याधुनिक प्रविधि जडित रहेको कार्यक्रममा जानकारी दिइयो ।
पहिलो चरणमा कोपण्डोलदेखि लगनखेलसम्म धुलो बढार्न यो बु्रमरको प्रयोग हुनेछ । दोश्रोचरणमा ललितपुरको चक्रपथ क्षेत्रमा ब्रुमर लगाइने बताइएको छ ।
महानगरपालिकासँग भएको अर्को सानो ब्रुमर पनि मर्मत गरेर चलाउने महानगरपालिकाको योजना रहेको कार्यक्रममा जानकारी दिइयो ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ७ : ५२ बजे