४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भदौ १ गतेबाट दूधको मूल्य बढ्ने


२७ श्रावण २०७६, सोमबार  

0
Shares

२७ साउन ०७६, काठमाडौं । भदौ १ गतेदेखि लागू हुनेगरी दूधको मूल्य बृद्धि हुने भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयले किसान र उद्योगीको मागबमोजिम दूधको मूल्य बढाउने लागेकोे हो । तीन वर्षपछि दूधको मूल्य बढ्न लागेको हो ।
दूधको के कति मूल्य बढाउने भन्ने सन्दर्भमा मन्त्रालयमा छलफल चलिरहेको वताइएको छ ।
दूधको मूल्य बढेसँगै न्युन आय भएका किसान र उद्यमीलाई लाभ हुनेछ भने शहरी उपभोक्तालाई मूल्य बृद्धिको मार खेप्नु पर्नेछ । दूधको मूल्य बृद्धिबाट शहरी क्षेत्रमा रहेका गरिव परिवारलाई थप मार पर्नेछ ।
केन्द्रीय दूग्घ सहकारी संघले लागत बढेको कारण देखाउदै मूल्य नबढे आन्दोलन गर्ने घोषणा गरेपछि मन्त्रालय दूधको मोल बढाउन राजी भएको हो ।
दूधको लागत बढ्नुसँगै सरकारले पछिल्लो समय कर्मचारीको तलव बढाएपछि उपभोक्ताको क्रय क्षमता बृद्धि भएको मौका छोपी विभिन्न उपभोग्य बस्तुको मूल्य बढाउने क्रम बढेको छ । दशैसम्म विभिन्न उपभोग्य बस्तुको मूल्यमा भारी बृद्धि हुनेछ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १० : १९ बजे