४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपाको सचिवालय बैठक बस्दै


२९ श्रावण २०७६, बुधबार  

0
Shares

२९ साउन ०७६, ललितपुर । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्ने भएको छ । दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
पार्टि एकताका बाँकी काम सक्न यो बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचार गर्न सिंगापुर जाने र अर्का अध्यक्ष पुष्पकमल दाहाल थाइल्याण्ड भ्रमणमा गएपछि सचिवालय बैठक बस्न सकेको थिएन ।
गतमंगलबारका लागि बोलाईको बैठक तयारी नपुगेको भन्दै बुधबारका लागि बोलाइएको थियो ।
पार्टी एकताको क्रममा केन्द्रीय विभाग, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन गर्न बाँकी छ ।
केही समयअघि प्रदेश र जिल्ला कमिटीको नृतृत्व टंगिसकेको छ भने पोलिटब्युरो, केन्द्रीय कमिटीको कामको बाँडफाँड र जनवर्गीय संगठनको कमिटीको गठन गर्न बाँकी नै छ ।
नेकपाका नेताहरुले साउन भित्रै एकताको प्रकृया टंगोमा पु¥याउने बताउदै आएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ८ : ३५ बजे